कर्मचारी अभावमा सेवा प्रवाह प्रभावित

डोटी । जिल्ला प्रशासन कार्यालयमा लामो समयदेखि दरबन्दीअनुसारका कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । दरबन्दीका कर्मचारी नभएका कारण पछिल्लो समय सेवाग्राही समस्या भएको दिपायल सिलगढी नगरपालिका–२ का स्थानीयवासी रमेशबहादुर नेपालीले बताए । उनले भने, “प्रशासनमा शाखा अधिकृत पनि छैनन्, नागरिक लिन जाँदा पनि खाली हात फर्किनुपर्ने वा दुई÷तीन दिन कुर्नुपर्ने अवस्था आएको छ ।”
कर्मचारी पठाउन गृह मन्त्रालयमा पटक–पटक पत्राचार गरे पनि हालसम्म कर्मचारी नपठाएकाले समस्या उत्पन्न भएको प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले जानकारी दिए । उनले भने, “तोकिएको दरबन्दीअनुसारका कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या भएको छ, कर्मचारी पठाउन पत्राचार गरेका छौँ, तर अहिलेसम्म पठाएका छैनन्, सेवाग्राहीलाई समस्या भयो ।”
पछिल्लो समय जिप्रकाबाट नागरिकता लिने सेवाग्राहीको भीड बढेपछि कर्मचारी अभावमा सेवा प्रवाहमा दिनहुँ समस्या हुँदै आएको छ । कार्यालयमा प्रजिअसहित २१ जनाको दरबन्दी रहेकामा हाल १७ मात्र कार्यरत छन् । कार्यरत कर्मचारीमा केही कारागारमा पठाइएका कारण पनि सेवाग्राहीका काममा समस्या उत्पन्न भएको बताइएको छ ।
कार्यालयमा महिनौँयतादेखि कर्मचारी अभावले सेवाग्राहीले सास्ती झेल्न बाध्य भएको अर्का स्थानीयवासी दीर्घबहादुर केसीले जानकारी दिए । उनका अनुसार लामो लाइन बस्दा पनि समयमा काम नहुँदा सेवाग्राहीले सास्ती झेल्न बाध्य हुँदै आएको र खाली हात घर फर्किनुपर्ने अवस्था आएको छ । नागरिकता फाँटका एक प्रशासकीय अधिकृत, नायबसुब्बा सातमध्ये दुई र खरिदार चारमध्ये दुई तथा एक चालकको दरबन्दी महिनौँदेखि खाली रहेको छ । प्रशासनमा अहिले नागरिकतासहित अन्य सेवा लिन आउने सेवाग्राहीको भीड रहेको जनाइएको छ ।
















रक्षा क्षमता घटाउने बिषयमा अमेरिकासँग कुनै वार्ता हुँदैन : इरान
कांग्रेस सभापति थापाद्वारा पार्टी एकता र सङ्गठन सुदृढीकरणमा जोड
जापानमा सन् २०२५ मा बालबालिकाको आत्महत्या दर उच्च, कारण यस्ताे
आइसिसी एसिया क्षेत्रको सम्मेलन नेपालमा हुने
सुदूरपश्चिममा बालेनको मौन चुनावी अभियान
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
प्रतिक्रिया