कांग्रेस महाधिवेशनः सर्लाहीका निर्वाचन अधिकृतको राजीनामा

काठमाडौं । नेपाली कांग्रेसका १४ औं महाधिवेशन अन्तर्गत सर्लाही जिल्ला अधिवेशनका लागि गएका प्रतिनिधिले राजीनामा दिएका छन् ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिले सर्लाहीका लागि गत १७ गते नै अधिकृत तोकेका विनोद कार्कीलाई निर्वाचन अधिकृत तोकेको थियो । उनले अधिवेशन सुरु हुनुभन्दा एक दिनअघि राजीनामा दिएका हुन् ।
उनको राजीनामासँगै २७ गतेदेखि सुरु हुने मिति तय भएको सर्लाहीको वडा अधिवेशन अनिश्चित भएको छ ।
सर्लाहीमा विवाद रहेको र दुबैपक्षबीच छलफल गरी विवाद मिलाउन नसकेको भन्दै राजीनामा दिएको कार्कीले बताए ।
‘कात्तिक १७ को पत्रले मलाई नेपाली काग्रेसको आसन्न १४औं महाधिवेशन अन्तरगत सर्लाही जिल्लाको निर्वाचन सम्पन्न गर्ने जिम्मेवारीका साथ जिल्ला निर्वाचन अधिकृत नियुक्त गरिएकोमा सम्बन्धीत जिल्लामा पुगी सबै पक्षसँग छलफल गरि निर्वाचन प्रक्रिया अगाडि बढाउन खोजेकोमा दुई पक्षहरुबीच सहमति नजुटी निर्वाचन हुने वातावरण नभएकोले यसमा व्यक्तिगत जिम्मेवारी लिई जिल्ला निर्वाचन अधिकृतको पदबाट आजैको मितिबाट राजीनामा दिएको व्यहोरा अनुरोध गर्दछु ।’ उनको राजीनामा पत्रमा भनिएको छ ।


















३३ अंकले घट्यो सेयर बजार
कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए
काठमाडौँ महानगर र नेपाल प्रहरीबीच सहकार्य गर्ने बारे छलफल
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
इरानको समुद्री क्षेत्रमा नाकाबन्दी लागू भएको घोषणा गर्दै ट्रम्पले दिए कडा चेतावनी
चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
५५० किलाेमिटर रेन्ज दिने एलएस अटोको ‘एलईभी एक्स’ नेपाली बजारमा (भिडियो)
प्रतिक्रिया