सदस्यता नविकरणको समय थप गर्ने माओवादीको निर्णय
गैरभौगोलिक जिल्लालाई जिल्ला समन्वय समिति सरहको मान्यता

काठमाडौं । नेकपा माओवादी केन्द्रले नयाँ कमिटी बनेको हकमा मात्रै पार्टी सदस्यहरुको सदस्यता नविकरणका लागि समय थप गर्ने निर्णय गरेको छ ।
माओवादी केन्द्रीय समितिको शुक्रबार साँझ छोटो समय बसेको भर्चुअल केन्द्रीय समिति बैठकले नयाँ कमिटि बनेकाहरुको हकमा यसै महिनाको अन्तिमसम्म मात्र सदस्यता नविकरणका लागि समय थप गर्ने निर्णय गरेको केन्द्रीय सदस्री सुदिप मल्लले जानकारी दिए ।
यसअघि शुक्रबार साँझ ६ वजेवाट सफ्टवेयरमा सदस्यता इन्टी गर्न सक्ने गरी नविकरणको समय तोकिएको थियो । भौगोलिक कमिटी हरुका लागि भने कात्तिक २७ गते नै टोल भेला आयोजना गरिएको ले सदस्यता नवीकरण गर्न अब पाउने छैनन ।
यस्तै, बैठकले गैरभौगोलिक जिल्लालाई पनि अन्य जिल्ला समन्वय समिति सरहको मान्यता दिने निर्णय गरेको छ ।
स्थानीय तहमा पदाधिकारी सात
माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले पार्टीको गाउँ तथा नगर कमिटीको संख्या पनि टुंग्याएको छ ।
गाउँपालिका र नगरपालिका समितिमा ७ जना पदाधिकारी रहने भएका छन् । यस अगाडि ५ जना पदाधिकारी रहने ब्यवस्था थियो ।
अब स्थानीय समितिमा अध्यक्ष १, उपाध्यक्ष ३, सचिव १, सहसचिव १ र कोषाध्यक्ष १ गरि ७ पदाधिकारी हुनेछन् ।
त्यस्तै, जिल्ला समन्वय समितिमा पालिकाका अध्यक्ष, उपाध्यक्ष र सचिव पनि रहने गरी विधान संसोधन गरीएको छ ।
बैठकमा अध्यक्ष प्रचण्ड सहभागी भएनन
बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने सहभागी भएनन । वैठकको अध्यक्षता नेता नारायणकाजी श्रेष्ठले गरेका थिए ।
बैठकले नेता देव गुरुडले पेश गरेको विधान संसोधन प्रस्ताव पारित गरेको छ ।
पुस ११ देखि १३ सम्म राष्ट्रिय सम्मेलन तोकिएकोले शनिवार देशभर एकैपटक टोल भेला हुन लागेको पूर्वसन्ध्यामा माओवादी केन्द्रको केन्द्रीय समितिको भर्चुअल बैठक बसेको हो ।
प्रचण्ड डोल्पा, भोजपुर लगायतका जिल्ला दौडाहा सकेर फर्केको र अलिक चिसोका कारण रुघा लागेकोले बैठकमा सहभागी नभएको माओवादीले जनाएको छ ।
माओवादी केन्द्रीय समितिको बैठकको निर्णय
१) एक व्यक्ति पार्टीको कुनै एक समितिमा मात्र रहन सक्ने,
२) पार्टी संरचनाः
क) सेल कमिटीमा सचिवको मात्र व्यवस्था,
ख) टोल कमिटीमा अध्यक्ष र सचिव पदाधिकारीको व्यवस्था
ग) पालिकामा अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षको व्यवस्था ।
घ) प्रदेश र केन्द्रमा ऐजन ऐजनको व्यवस्था रहेको ।
ङ) जिल्ला समन्वय समितिमा पालिकाका अध्यक्ष, ३ उपाध्यक्ष र सचिव गरि ५ जना रहने व्यवस्था ।


















यस्तो छ आज तरकारीको थोक मूल्य
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
काठमाडौँ प्रहरीको सक्रियता, एक महिनामा एक हजार १६६ मुद्दा दर्ता
पहाड र हिमालमा बादल, तराईको मौसम सफा
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
इरानको समुद्री क्षेत्रमा नाकाबन्दी लागू भएको घोषणा गर्दै ट्रम्पले दिए कडा चेतावनी
चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
सम्पत्तिबारे गृहमन्त्रीकाे जवाफ : गरिब जन्मिनु गल्ती होइन, गरिब नै भएर मर्नुचाहिँ गल्ती
अस्ट्रेलियाली सेनामा पहिलो महिला प्रमुख
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
प्रतिक्रिया