चन्द्रागिरि रिसोर्टलाई ‘इन्टरनेशनल हस्पिटालिटी एण्ड ट्राभल अवार्ड’

काठमाडौं । चन्द्रागिरि हिल्स रिसोर्टलाई ‘इन्टरनेशनल हस्पिटालिटी एण्ड ट्राभल अवार्ड– २०२१’ प्रदान गरिएको छ ।
भारतको नयाँ दिल्लीमा शनिवार आयोजना गरिएको एक कार्यक्रममा नेपालको एक उत्कृष्ट रिसोर्टका रुपमा उक्त अवार्ड प्रदान गरिएको हो ।
हस्पिटालिटी इन्डिया, भारतीय पर्यटन बोर्ड र एक्स्प्लोर द वल्र्डद्वारा आज नयाँ दिल्लीमा आयोजित कार्यक्रममा केही भारतीय होटल तथा ट्राभल एजेन्सीसहित नेपालको चन्द्रागिरि रिसोर्टलाई पनि उत्कृष्ट रिसोर्ट अवार्ड प्रदान गरिएको हो ।
सो कार्यक्रममा अतिथिका रुपमा आमन्त्रित संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र भारतीय पूर्वमन्त्री विजय गोयलले संयुक्तरुपमा सो अवार्ड प्रदान गरेको आयोजक भारतीय पर्यटन बोर्डद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।
केबलकारसहितको यो गन्तव्य नेपालका आन्तरिक पर्यटकको पनि आकर्षक गन्तव्य बनेको छ । दक्षिण एसियामा उत्कृष्ट होटल तथा रिसोर्टहरुलाई प्रदान गरिने यस अवार्डबाट सन् २०१९ मा पनि चन्द्रागिरि रिसोर्ट सम्मानित भएको थियो ।
सो अवार्ड प्रदान गरेपछि मन्त्री आलेले चन्द्रागिरि हिल्स रिसोर्टले अवार्ड प्राप्त गरेकामा खुसी व्यक्त गर्दै नेपालका होटल रिसोर्ट पनि अन्तर्राष्ट्रियस्तरका अवार्ड प्राप्त गर्न सक्षम छन् भन्ने यो एक सफल उदाहरण भएको बताए ।
उनले नेपालका उत्कृष्ट गन्तव्यस्थलको भ्रमण गरी मनोरञ्जन लिन भारतीय पर्यटकलाई आमन्त्रण पनि गरे । भारतका पूर्वमन्त्री विजय गोयलले नेपाल विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा परिचित रहेको बताए ।

















सीमामा पाँचौँ दिनको युद्ध, ६७ अफगानी सुरक्षाकर्मी मारिएको पाकिस्तानको दाबी
‘-यापिड एक्सन टास्क फोर्स’ गठन
बिदामा पनि सर्वोच्च अदालत खुला, बन्दीप्रत्यक्षीकरणको रिट सुनुवाइ हुने
एकै पटक १० हजारसम्म एसएमएस पठाउन सकिने टेलिकमको सेवा
बढ्दो तनावकाबीच अमेरिकाले बन्द गर्यो खाडी मुलुकका दूतावास
मध्यपूर्वको तनाव: नेपालबाट सात अन्तरराष्ट्रिय विमानस्थलमा हवाई उडान रद्द
बीबीसीको डकुमेन्ट्री प्रसारण गर्ने भारतीय गाडीसहित रास्वपा कार्यकर्ता पक्राउ
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
मध्यपूर्वको तनाव: वार्तामा फर्किन राष्ट्रसङ्घको आग्रह
इरानकाे विद्यालयमा अमेरिकी-इजरायली सैन्य हमलाः ५३ बालिकाको मृत्यु
प्रतिक्रिया