भूपेन्द्र बडुवालको हत्यामा संलग्न थप एक जना पक्राउ

कैलाली । कैलालीको टीकापुरमा गत मंगलबार राति धारिलो हतियार प्रहार गरेर युवकको हत्या गरेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । धारिलो हतियार प्रहार गरेर लम्कीचुहा नगरपालिका १ का भूपेन्द्र बडुवालको हत्या प्रकरणमा संलग्न भएको आरोपमा लम्कीचुहा ५ का २४ वर्षीय विकास खड्कालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले खड्कालाई लम्की क्षेत्रबाटै पक्राउ गरिएको जानकारी दिए । उनका अनुसार उक्त घटनामा मुख्य योजनाकार भनिएका चिसापानीका नवीन रावलसहितका अन्य ७ जना अझै फरार रहेको बताउँदै एसपी अधिकारीले उनीहरूको खोजी कार्य जारी राखिएको बताए ।
गत २३ कात्तिकमा टीकापुर नगरपालिका १ स्थित सिद्धार्थ होटल नजिकै बडुवालको धारिलो हतियार प्रहार गरेर हत्या गरिएको थियो । प्रहरीले उनको हत्यामा संलग्न भएको आरोपमा यसअघि ८ जनालाई पक्राउ गरिसकेको छ ।












निर्वाचन रोक्ने बहाना स्वीकार्य छैनः योगेश भट्टराई
गैरकानुनी रूपमा अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न राजवंशी पक्राउ
दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनविरुद्ध पुनः पक्राउ पुर्जी जारी
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
पुस १६ गते बुधवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया