विश्वकप टी–२० क्रिकेटमा कस्ले मार्ला बाजी ?

काठमाडौँ । आइसीसी टी–२० विश्वकप क्रिकेटको उपाधिका लागि आज राति ७ः४५ बजे खेल हुँदै छ । दुबईको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा उपाधिका लागि अन्तिम खेल हुने भएको हो ।
विश्वकप २०२१ को फाइनलमा न्युजिल्याण्ड र अष्ट्रेलिया भिड्ने भएको हो । दुवै टोलीले टी–२० विश्वकपमा आफ्नो पहिलो जित निकालेर इतिहास बनाउन प्रतिस्पर्धा गर्ने भएको छ ।
पहिलो खेलमा पाकिस्तानसँग पराजित भएपछि न्युजिल्याण्डले सुपर १२ चरणमा बलियो पुनरागमन गरेको थियो । त्यसपछिका चार खेल जित्दै समूह २ बाट फाइनलमा पुगेको हो ।
अर्कोतर्फ पाकिस्तानलाई ५ विकेटले पराजित गर्दै अस्ट्रेलियाले फाइनलमा स्थान बनाएको थियो । पाकिस्तानले दिएको १७६ रनको विशाल स्कोर पछ्याउँदै अस्ट्रेलियाले जित निकाल्न सफल भएको हो । अस्ट्रेलियाको जितमा मार्कस स्टोइनिस र म्याथ्यु वेडले ८१ रनको साझेदारी गरेका थिए ।
अस्ट्रेलियाका सम्भावित खेलाडीहरू
डेभिड वार्नर, आरोन फिन्च (कप्तान), मिचेल मार्स, स्टिभन स्मिथ, ग्लेन म्याक्सवेल, मार्कस स्टोइनिस, म्याथ्यु वेड, प्याट कमिन्स, मिचेल स्टार्क, एडम जाम्पा र जोस हेजलवुड ।
न्यूजील्याण्डका सम्भावित खेलाडीहरू
मार्टिन गुप्टिल, डेरिल मिचेल, केन विलियम्सन (कप्तान), टिम सेफर्ट, ग्लेन फिलिप्स, जेम्स निशाम, मिचेल सान्टनर, टिम साउथी, एडम मिल्ने, ट्रेन्ट बोल्ट, इश सोडी ।

आयुश राठौर
मेरोन्युजकर्मी राठौर खेलकुद र कला सम्बन्धी विषयमा कलम चलाउँछन् ।

















सिटिजन्स बैंककाे ‘जेनजी सेभिङ अकाउन्ट’ मा युवाकाे आकर्षण, ‘रिफर एण्ड अर्न’ अफरसँगै यस्ता छन् सुविधा
बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
आयोगले राष्ट्रपतिलाई बुझायो निर्वाचनको प्रतिवेदन
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
रास्वपाकाे सांसद अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध, आफन्त पनि प्रतिबन्ध
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
सेवा प्रवाहमा जिल्ला प्रशासन कार्यालय काठमाडौँको नवीनतम मोडेल उत्कृष्ट
प्रतिक्रिया