मंसिरमा यूके युनिभर्सिटी फेयर २०२१ हुँदै

काठमाडौं । आगामी मंसिर ५ गते युके युनिभर्सिटी फेयर २०२१ हुने भएको छ । एस.आइ.यूकेको आयोजनामा ‘यूके युनिभर्सिटी फेयर २०२१’ गर्ने भएको हो ।
सबै देशको शाखाबाट एकैनासको गुणस्तरीय शैक्षिक परामर्श प्रदान गर्दै आएको एस आइ यूकेले पोष्ट प्यान्डामिक, नविनतम परिवर्तित भिजा नियम र बेलायती शिक्षण पद्धतिका बारेमा सत्यतथ्य जानकारी गराउन सो शैक्षिक मेलाको आयोजना गर्न लागिएको एसआईयूके नेपाल प्रमुख विनय अधिकारीले जानकारी दिए ।
बेलायत पढ्न जान चाहने विद्यार्थीहरुलाई गुणस्तरीय शैक्षिक परामर्श सेवा प्रदान गर्ने उद्देश्यले सन् २०१८ देखि नेपालमा यो सेवा सुरु गरिएको अधिकारीले बताए ।
एस.आइ.यूकेले ३६ देशमा ७६ ग्लोबल अफिसमार्फत प्रत्येक वर्ष अन्तर्राष्ट्रिय विद्यार्थीलाई युके र आयरल्यान्डमा उच्च शिक्षा हासिल गर्न परामर्श प्रदान गर्दै आएको छ ।
शैक्षिक मेलामा युकेका विश्वविद्यालयका प्रतिनिधिहरूले विद्यार्थीलाई युकेमा अध्ययन अवसर र चुनौतीकाबारेमा जानकारी गराउने बताइएको छ ।


















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
प्रतिक्रिया