कोरियाको इपीएस भाषा परीक्षा पुस १ गतेदेखि
मेरोन्यूज
२०७८ कार्तिक २९ गते १९:५४

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत रोजगारीका लागि दक्षिण कोरिया जानेहरूका लागि सन् २०२१ को भाषा परीक्षा पुस १ गतेदेखि हुने भएको छ ।
बैदेशिक रोजगार बिभाग ईपीएस शाखा कार्यालयकाअनुसार यो वर्ष विशेष कम्प्युटर प्रणालीबाट परीक्षा लिइने भएको छ ।
वैधानिक तवरले फर्केका कामदारलाई पुनः पठाउन कम्प्युटरमा आधारित विशेष परीक्षा सञ्चालन गर्नेबारे दक्षिण कोरियाको मानव संसाधन विभागसँग सहमति भएको इपीएस शाखाले जनाएको छ ।
पुस १ देखि ७ गतेसम्म भाषा परीक्षा सञ्चालन गर्न लागिएको ईपीएस शाखा कार्यालयका निर्देशक सुरेश रावतले जानकारी दिए ।
कोरोना महामारीले कोरिया पठाउने प्रक्रिया दुई वर्षदेखि अवरुद्ध भएको थियो ।
दक्षिण कोरियाले सन् २००८ देखि इपीएस भाषा परीक्षा लिएर नेपाली कामदार लैजाँदै आएको छ ।
सम्बन्धित


















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
प्रतिक्रिया