आजको राशिफल : कार्तिक ३० गते मंगलबार

आज २०७८ साल कार्तिक महिनाको ३० गते मंगलबार, कार्तिक शुक्लपक्षको द्वादशी तिथि । आज कार्तिक महिनाको मसान्ति अर्थात अन्तिम दिन रहेको छ ।
मेष
मनोबलमा कमि हुन जाने छ । नकारात्मक सोचाई र विचारले घेर्ने भएकाले मनमा सकारात्मक विचारहरुबारे चिन्तन बढाउनु होला । भाग्यको साथका कारण आम्दानीमा बृद्धि हुने वा आम्दानी हुने क्षेत्र सकारात्मक बन्न पुग्ने छ । शारीरिक रुपमा कमजोरी हुने छ भने आलस्य लाग्ने छ ।
वृष
नेतृत्व क्षमतामा कमि आउने भएकाले आवश्यक निर्णय लिन निकै बिलम्ब हुने छ । आत्मबलको कमी हुनाले प्रतिकुल समयसँग जुध्न सक्दिन जस्तो लागि रहने छ । पेशा तथा रोजगारी गुमाउनु पर्ने अवस्था निम्तिन सक्छ । रोजगारी तथा पेशामा बाधा अड्चन देखा पर्ने छ । मनमा उदासिनता देखा पर्ने छ ।
मिथुन
बोली नरम हुने छ । कमाई गर्नु पर्दछ र आफ्नो सपना पुरा गर्नका लागि जस्तो सुकै जोखिम मोल्न तयार हुने स्वाभाव देखा पर्दछ । यस्तो अवस्थामा ब्यक्तिलाई आफ्नो लक्ष्य प्राप्तिमा हिंसात्मक समेत बनाउने भएकाले यसबारेमा विचार भने अवश्य पु¥याउनु होला ।
कर्कट
कमाइमा भएको बृद्धिले सन्तोष प्राप्त हुने छ । चलाख स्वाभावको व्यक्तित्व हुने छ । सितल स्वाभाव हुने भएकाले अरुको मन जित्न सकिने छ । पेशागत जीवनमा केही अस्वाभाविक समस्याहरु देखा पर्न जाने भएकाले सजग रहनु होला । ब्यवस्थापन, वाणिज्य, पत्रकारिता, ब्यापार क्षेत्रमा आवद्धहरुलाई फाइदा मिल्ने छ ।
सिंह
दृढ खाले ब्यक्तित्व भएता पनि रिस अति धेरै उठ्ने भएकाले घमण्डि जस्तो ब्यक्तित्व हुन जाने भएकाले विचार गर्नु होला । परिवारको पूर्ण साथका कारण सुख सुविधा प्राप्त हुने छ । मनमा दृढता आउने छ भने शान्ति पनि प्राप्त हुने छ । पैतृक सम्पत्ति आफू अनुकुल परिचालनको अवसर प्राप्त हुने छ । पेशागत जीवनमा भने समस्या आउने छ । राजनीतिक जीवनमा रहेकाहरुलाई समय अशुभ छ ।
कन्या
दाम्पत्य जीवनमा सुखद् अनुभुति हुने छ । सन्तान सुखमा कमि आउने छ । परिवारको साथ मिलेर काम गरेमा कमाई गर्न सकिने छ । पेशागत जीवन औसत रहने छ । साझेदारीमा गरिएका काममा पनि प्रगति हुने छ । पाचन प्रणालीसँग सम्बन्धी रोगले सताउने छ ।
तुला
दाम्पत्य जीवनमा सतर्कताको आवश्यकता छ, खासगरी जीवनसाथिबाट बढि दबाब महशुस हुने छ । साहसिक ब्यक्तित्व बन्ने छ । दृढतामा बृद्धि हुने छ तर बोलीमा अत्याधिक रुखोपन हुने भएकाले यसबारेमा ध्यान दिनु होला । भाग्यको साथ रहेकाले पेशागत जीवन अनुकुल रहने छ । फलाम, सिमेण्ट, डण्डि, हार्डवेयर, रंगको ब्यापार, उद्योग कलकारखाना, सामान ढुवानी गर्ने गाडि, औषधी जस्तो क्षेत्रमा आवद्धहरुलाई समय अनुकुल छ ।
वृश्चिक
बोलीमा कडापन आउने भएकाले परिवारमा कटुताको वातावरण बन्न जाने भएकाले सतर्क रहनु होला । पेशागत जीवन सामान्य र ठिक नै रहेता पनि अपेक्षाकृत प्रगति भने देखिने छैन् । एकपछि अर्काे गरि आउने विचारहरुले निर्णय क्षमतामा गिरावट ल्याउने छ । किराना पसल, आयात निर्यात, लेखा पेशा, घर घडेरीको कारोवार जस्ता क्षेत्रमा आबद्धलाई समय प्रतिकुल देखिन्छ ।
धनु
ज्ञान, करुणा, वृहत्तर सोचाई तथा दार्शनिक सोचाई आउने छ । आम्दानीमा हुने बृद्धिले मनमा केही सन्तोष दिने भएता पनि अधिकांश प्रतिशत मनमा उदासिनता आउने छ । चिसो लाग्ने भएकाले चिसोबाट बच्नु होला् । साझेदारीमा गरिएका कामहरुमा गम्भीरखाले द्वन्द आउने र फुटसम्म लैजाने छ ।
मकर
मनमा दृढताको कमि हुने हुँदा दुविधात्मक ब्यक्तित्व बन्न जाने छ । मेहनत र पराक्रमी भावमा बढोत्तरी हुने छ । भाग्यको साथ कम रहेकाले मेहनत धेरै तर ढिला प्रतिफल प्राप्त हुने छ । आम्दानीमा हुने थोरै बृद्धिले राहत प्रदान गर्ने छ । शिक्षा क्षेत्र, अध्यापन, शिक्षण, लेखन, पत्रकारिता जस्ता पेशामा आवद्धहरुलाई समय अनुकुल रहने छ ।
कुम्भ
कुरा काट्नेहरु धेरै हुने छन् भने पेशागत जीवनमा चुक्लि लगाउनेहरु धेरै हुने भएकाले सतर्क रहनु होला । भाग्यको साथ रहेकाले प्रतिकुल अवस्थामा पनि टिकिरहन ठुलो उर्जा प्राप्त हुने छ । पारीवारिक सदस्यहरुको सहयोगबाट केही राहत मिल्ने छ ।
मीन
दृढ स्वाभाव हुने भएकाले कसैले पनि हेप्न सक्ने छैन् । तर अलि क्रुरताको मात्रा बढ्न जाने भएकाले यसबारेमा विचार गर्नु होला । प्रतिष्पर्धात्मक स्वाभाव हुने भएकाले शत्रु तथा प्रतिष्पर्धीहरुसँग जित हासिल हुने छ । न्यायलय, सेवाका क्षेत्रहरु, श्रम क्षेत्र, आयात निर्यात, पानी, दुध, कोल्ड ड्रिङ्स आदी जस्ता क्षेत्रमा संलग्नहरुलाई फाइदा मिल्ने समय छ ।

ज्यो. दिवाकर पन्त
ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८











सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी
जेलेन्स्कीले दिए रुसलाइ कडा चेतावनी
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु
कांग्रेसद्वारा राष्ट्रियसभाको अधिवेशन माग
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
रवि लामिछाने र बालेन रातभर ६ घण्टा वार्ता : एउटै गाडीमा बाहिरीए
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
प्रतिक्रिया