चार न्यायाधीश फर्किए इजलाश, असन्तुष्ट अन्य न्यायाधीश र बारबीच छलफल जारी

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गदै तीन साता यता अस्तब्यस्त बनेको न्यायालयमा धुव्रिकरण शुरु भएको छ । लामो समयसम्म न्याय प्रभावित बनाउन नहुने भन्दै चार जना न्यायाधीसले आजवाट वन्दी प्रत्यक्षीकरण बाहेकका मुद्धाको पनि नियमित सुनुवाई शुरु गरेका छन् ।
प्रधानन्यायाधीश र बार आ -आफनो अडानमा रहने र न्यायाधीसहरुले पनि न्याय प्रभावित हुने गरी इजलाशमा नबस्ने अवस्थाले जनता न्यायवाट प्रभावित हुन थालेको भन्दै असन्तुष्ट न्यायाधीसहरुकै वीचमा धुव्रिक्रण शुरु भएको थियो । तर यसभित्र हुन थालेको धुव्रिकरणमा प्रधानन्यायाधीस राणाले नै चलखेल गरेको आरोप पनि लागेको छ ।
तर जे होस आज देखि न्यायाधीसहरु बमकुमार श्रेष्ठ र मनोजकुमार शर्मा तथा न्यायाधीश तेजबहादुर केसी र कुमार रेग्मीको संयुक्त इजलासले बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दामा पनि सुनुवाइ शुरु गरेका छन् ।
सर्वाेच्चका सवैजसो न्यायाधीसहरु यस अगाडी प्रधानन्यायाधीससग असन्तुष्ट रहँदै वेन्च अघोषित रुपमा वहिष्कार गदै आएका थिए ।
तर प्रधानन्यायाधीसले गोलाप्रथावाट आफु जान तयार रहेको र त्यसको लागि फुल वेन्च बोलाएपछि न्यायाधीसहरुमा फाटो आएको हो । यही फाटोमा प्रधानन्यायाधीसले खेलेको चर्चा अहिले हुन थालेको छ।
प्रधानन्यायाधीशले वार्ता र सम्वादका लागि बार एसोपिसएसनलाई बोलाएपनि प्रधानन्यायाधीससग बार्ता हुन नसक्ने भन्दै वसेका बार र प्रधानन्यायाधीससगै असन्तुष्ट रहेका १३ न्यायाधीसका वीचमा भने आज पनि छलफल शुरु भएको छ । हिजो पनि न्यायाधीस र बारका प्रतिनिधीका वीचमा वार्ता र सम्वाद भएको थियो ।
सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीसमेत सहभागी उक्त छलफलले आन्दोलनका थप रणनीति बनाउने भएको छ।
सर्वोच्चको एनेक्स भवनमा अहिले वर्ता चलिरहेको छ ।
















राष्ट्रपतिसँग राष्ट्रियसभाका अध्यक्षको भेट
कूटनीतिबाट सैन्य लक्ष्य पूरा हुँदैन : इरान
Foreign Minister holds separate meetings with Ministers of Mauritius, Singapore
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
इरान–अमेरिका वार्ता निष्कर्षविहीन
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
प्रतिक्रिया