विप्लवका कार्यकर्ताः कतै आगो लगाउँदै, कतै जेब्रा क्रसिङ पोत्दै

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले इन्धनमा भएको मूल्यवृद्धिको विरुद्ध मंगलबार गराएको बन्दले देशका अधिकांश क्षेत्र प्रभावित भएको छ ।
बन्द आयोजक विप्लव समूहका कार्यकर्ताहरु विहानैदेखि सडकमा आगो बाल्न र बन्द गराउँदै हिँडे ।
केन्द्रीय राजधानी काठमाडौंकै विभिन्न ठाउँहरुमा विप्लवका कार्यकर्ताहरुले सडकमा टायर बालेर बाटो अवरोधको प्रयत्न गरे ।
पूर्व–पश्चिम मुख्य राजमार्गको विभिन्न ठाउँमा विहानैदेखि सडकमा टायर बालेर बन्दको जनाउँ दिँदै हिँडिरहँदा दाङमा भने विप्लवका कार्यकर्ताहरुले सिर्जनात्मक काम गरेका छन् ।

उनीहरुले दाङको मुख्य सडकको जेब्रा क्रसिङमा रंग लगाउने काम गरे ।
उनीहरूले तुलसीपुरको वीरेन्द्र चोक लगायतका स्थानमा जेब्रा क्रसिङ बनाएका हुन्।
बन्द गराउनका लागि सडकमा आगो बाल्ने काम गर्नुपर्दैन, अरु सिर्जनशिल काम गरेर पनि बन्द गराउन सकिन्छ भन्ने उदाहरण उनीहरुले प्रस्तुत गरेका छन् ।
अन्यत्र सडकमा टायर बाल्नेदेखि गाडी तोडफोड गर्दै हिँडे पनि विप्लवका दाङका कार्यकर्ताले विहानै सडकमा कुचो लिएर निस्किए । अनि, बाल्टीमा सेतो रंग र ब्रस बोके ।
विहानैदेखि सडक सफा गर्दै उनीहरुले सडक मेटिइसकेको जेब्रा क्रसिङ्मा रंग पोत्ने काम गरे ।
पेन्टिङ गरेपछि उनीहरूले सडक मै ‘एकीकृत जनक्रान्ति जिन्दावाद’, वैज्ञानिक समाजवादी जिन्दावाद जस्ता पार्टीको नारा पनि लेखेका छन्।
विप्लवका कार्यकर्ताको सिर्जनशील कार्यको दाङबासीले भने मुक्तकण्ठले प्रशंशा गरेका छन् ।


















राष्ट्रपतिसँग राष्ट्रियसभाका अध्यक्षको भेट
कूटनीतिबाट सैन्य लक्ष्य पूरा हुँदैन : इरान
Foreign Minister holds separate meetings with Ministers of Mauritius, Singapore
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
इरान–अमेरिका वार्ता निष्कर्षविहीन
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
प्रतिक्रिया