सत्तारुढ गठबन्धन समन्वय समितिको पहिलो बैठकः सर्वोच्चको गतिरोधको छिट्टै निकास खोज्ने

काठमाडौं । सत्तारूढ गठबन्धनले बनाएको राजनीतिक समन्वय समितिको मंगलबार बसेको पहिलो बैठकले सर्वोच्च अदालतमा देखिएको गतिरोधप्रति चिन्ता ब्यक्त गरेको छ ।
सर्वोच्च अदालतमा केही समययता देखिएको समस्या र गतिरोधप्रति समितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा समिति संयोजक कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलको अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकले छिटो निकास दिने दिशामा पहल हुने अपेक्षा गरेको छ ।
‘राज्यको महत्वपूर्ण अंगको रुपमा रहेको न्यायपालिकाको स्वतन्त्रता, गरिमा, विश्वासनियता र स्वच्छतालाई कायम राख्नेगरी यथाशीघ्र निकास हुनुपर्छ भन्ने हाम्रो धारणा छ ।’– पाँच दलीय गठबन्धन समन्वय समितिको बैठकको निर्णयमा लेखिएको छ ।
समन्वय समितिको मंगलबार बसेको पहिलो बैठकमा प्रधानमन्त्री देउवाका साथै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, बेदुराम भुसाल, नेपाली कांग्रेसका नेता कृष्ण सिटौला, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, डा.बाबुराम भट्टराई, अशोक राई, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, दुर्गा पौडेलको उपस्थिति रहेको थियो ।
बैठकमा सरकारका तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि उपस्थित थिए ।
बैठकको निर्णय

बैठकपछि पाँच दलीय गठबन्धनबाट जारी विज्ञप्ति



















इरानमा पक्राउ परेका अमृत झा रिहा
कालीगण्डकीमा बेपत्ता युवा मृत फेला
पूर्वमन्त्री दीपक खड्काको मुद्दामा अनुसन्धान फाइल झिकाउने आदेश
२०६२ सालपछिका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन
महसुल नतिर्ने ग्राहकको धाराको लाइन काटिँदै
वार्ता असफल भएसँगै विश्वबजारमा अत्याधिक बढ्न थाल्यो तेलको मुल्य
इरान वार्तामा फर्कने वा नफर्कने विषयमा मलाई कुनै मतलव छैन – ट्रम्प
चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
सम्पत्तिबारे गृहमन्त्रीकाे जवाफ : गरिब जन्मिनु गल्ती होइन, गरिब नै भएर मर्नुचाहिँ गल्ती
इरानको समुद्री क्षेत्रमा नाकाबन्दी लागू भएको घोषणा गर्दै ट्रम्पले दिए कडा चेतावनी
प्रतिक्रिया