बारले भोलिदेखि सशक्त आन्दोलन चर्काउने (भिडियोसहित)
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएशनले गरेको दोस्रो चरणको आन्दोलन मंगलबार सकिएको छ ।
दोस्रो चरणको आन्दोलन सकिँदा पनि सर्वोच्च अदालतका प्रधानन्यायाधीश जबराले राजीनामा नदिएपछि बारले बुधबारदेखि आन्दोलन थप सशक्त बनाउने भएको छ ।
बार एशोसिएसनको दोस्रो चरणको धर्नाको अन्तिम दिन मंगलबारको बिरोध कार्यक्रममा बोल्दै नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बुधवारबाट सशक्त रुपमा तेस्रो चरणको आन्दोलन गर्ने बताए ।
उनले प्रधानन्यायाधीश जबराले न्यायपालिकामा विसंगति, विकृति र भ्रष्टाचारलाई संरक्षण गरेको आरोप लगाए ।
अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीशको राजीनामा अपरिहार्य भएको बताउँदै राजीनामापछि मात्रै न्यायपालिकाको सुधार हुने उल्लेख गरे ।
मंगलवार एसोसिएसनले प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै दोस्रो चरणको आन्दोलनको अन्तिम दिन सर्वोच्च अदालतमा धर्ना दिएको थियो ।
















संविधान संशोधन कार्यदलले पूर्वमहान्यायाधीवक्ताहरुसँग छलफल गर्दै
विद्युत् सेवाको पहुँचले फेरियो खैराङवासीको जीवनशैली
सुनचाँदीको मूल्य व्यापक वृद्धि, आज कारोबारको मूल्य कति ?
अर्थमन्त्री र भौतिक पूर्वाधार मन्त्रीसँग बजेटबारे छलफल गर्दै रास्वपा सांसद
इरानको सपिङ सेन्टरमा आगलागी आठ जनाको मृत्यु
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया