प्रचण्ड स्वास्थ्य केन्द्रको उद्घाटन गर्न जादा नगरपालिकाद्वारा सार्वजनिक विदा
मेरोन्यूज
२०७८ मंसिर १ गते ८:१२

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वास्थ्य केन्द्रहरुको उद्घाटन गर्न जाने भएपछि महोत्तरीको रामगोपालपुर नगरपालिकाले सार्वजनिक विदा दिएको छ । रामगोपालपुर २, ३, ४, ६, ७, ८ र ९ मा निर्माण हुनलागेको आधारभूत स्वास्थ्य केन्द्रहरुको उद्घाटन गर्न प्रचण्ड बुधबार सो नगरपालिका जान लागेका हुन् ।
नगरप्रमुख अशोक कुमार मण्डलले सूचना जारी गरेर सार्वजनिक विदा दिएको जानकारी गराएका छन् । उनले सूचना मार्फत उक्त समारोहमा उपस्थित भई शोभा बढाइ दिन नगरबासीसँग अनुरोध गरेका छन् ।
स्वास्थ्य केन्द्रहरुको उद्घाटन गर्न पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले आउने कार्यक्रम रहेकाले एक दिनका लागि सार्वजनिक विदा दिएको सूचनामा उल्लेख गरिएको छ । अध्यक्ष प्रचण्ड आज रामगोपालपुरको कार्यक्रममा सहभागी हुन जादैछन् ।

सम्बन्धित
















राष्ट्रपतिसँग राष्ट्रियसभाका अध्यक्षको भेट
कूटनीतिबाट सैन्य लक्ष्य पूरा हुँदैन : इरान
Foreign Minister holds separate meetings with Ministers of Mauritius, Singapore
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
इरान–अमेरिका वार्ता निष्कर्षविहीन
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
श्रम संस्कृतिबाट उपसभामुखमा रुवी ठाकुरको उम्मेदवारी
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
प्रतिक्रिया