हिमालयन शेर्पालाई नेपाल आइसको प्रायोजन

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन क्लब हिमालयन शेर्पालाई नेपाल आइसले प्रायोजन गर्ने भएको छ ।
काठमाडौमा एक कार्यक्रमकाबीच हिमालयन शेर्पा क्लबले नेपाल आईससँग मुख्य प्रायोजनका लागि सम्झौता गरेको हो ।
हिमालयन शेर्पाका अध्यक्ष कर्माछिरिङ्ग शेर्पा र नेपाल आइसका बिजिनेस हेड प्रदिप पुडासैनीले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता अनुसार हिमालयन शेर्पालाई नेपाल आइसले एक वर्षको लागि प्रायोजन गर्नेछ भने हिमालयन शेर्पाले ‘ए’ डिभिजन लिगमा नेपाल आइस अंकित लोगो भएको जर्सी लगाउने छ । प्रायोजन रकम भने खुलाइएको छैन ।
सम्झौता कार्यक्रममा बिजिनेस हेड पुडासैनीले सामाजिक उत्तरदायीत्व र फुटबल विकासका लागि नेपाल आईस हिमालयन शेर्पा क्लबसँग जोडिएको बताए ।
यस्तै, हिमालयन शेर्पा क्लबले स्पोटर््स किट्स पार्टनरको रुपमा खेलकुद पोशाक कम्पनी केटीएम सिटीसँग साझेदारी गरेको छ ।
हिमालयन शेर्पाका कार्यवाहक अध्यक्ष गोम्बु दोर्जे शेर्पा र केटिएम सिटीका प्रमुख कार्यकारी अधिकृत निमा शेर्पाले सम्झौता पत्र आदान प्रदान गरे ।
सम्झौतासँगै केटीएम सिटीले हिमालयन शेर्पालाई २५ लाख बराबरको खेलकुद सामग्री उपलब्ध गराउनेछ र ए डिभिजन लिगमा शेर्पाले केटीएम सिटीको जर्सी प्रयोग गर्नेछ ।
नयाँ सिजनको ‘ए’ डिभिजन लिग शुक्रबारबाट हुँदैछ । हिमालयन शेर्पाले शनिबार काठमाडौंको पुरानो क्लब संकटासँग खेल्दै लिगको सुरुआत गर्नेछ ।
बुधबार नै यसै सिजन बढुवा भएको सातदोबाटो युथ क्लबले पनि टि टेनसँग स्पोटर््स किट्स प्रायोजनाका लागि सम्झौता गरेको छ । सातदोबाटोले उद्घाटन खेलमा फ्रेन्ड्ससँग खेल्दै लिगको आरम्भ गर्नेछ ।









पोखरामा केई र फोर्थिङको सोरुम सञ्चालनमा
तोडफोड आगजनी भएका सार्वजनिक निकायलाई कागजात अद्यावधिक गर्न आह्वान
बाघ गणना आगामी पुस १ गतेदेखि
जेनजी आन्दोलनले दीपकको सपनाको उडान रोकियो
म्याग्दीमा धान उत्पादन बढ्यो
एनपीएलः अहिलेसम्म कुन टिमको कस्तो रह्यो प्रदर्शन ?
महेश बस्नेतमाथि मसी छ्याप्नेलाई कडा कारबाही हुन्छ: नेविसंघ अध्यक्ष शेर्पा
दृष्टिविहीन महिला टि–२० विश्वकपको उपाधि भारतलाई, नेपाल ७ विकेटले पराजित
एनपीएलमा सट्टाबाजी गराउने ८ भारतीय प्रकाउ
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
प्रतिक्रिया