नेपालमा किन धाईरहेछन् अमेरिकी उच्च अधिकारीहरु ?
एमसीसीकी उपाध्यक्ष फातिमा सुमार नेपाल आएको एक महिनामै सहायक विदेशमन्त्री डोनाल्ड लु नेपालमा, उपसहायकमन्त्री केल्ली किडरलिङ पनि नेपाल आउँदै

काठमाडौं । नेपालभित्र अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पाेरेसनको अनुदान सम्झौता विवादमा परिरहेका बेला अमेरिकाका उच्च्पदस्थ अधिकारीहरुको नेपाल भ्रमण वाक्लो हुन थालेको छ ।
एक महिनाअघि मात्रै मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फातिमा सुमार नेतृत्वको टोली नेपाल भ्रमण गरेर फर्केपछि फेरि अहिले अमेरिकाका उच्च पदस्थ अधिकारीहरु नेपाल भ्रमणमा छन् ।
दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु तीनदिने नेपाल भ्रमणका लागि बुधबार साँझ काठमाडौं आइपुगिसकेका छन् । त्यस्तै उपसहायकमन्त्री केल्ली किडरलिङ पनि (आज) बिहीबार नेपाल आउन लागेकी छिन् ।
दुई ठूला मुलुकहरु उत्तरमा चीन र दक्षिणमा भारतको वीचमा रहेको अति सामारिक महत्वको क्षेत्र नेपालमा अहिले अमेरिकीहरुको सिधा चासो देखिन थालेको छ । त्यही भएर पनि लामो समय देखि विवादमा रहेपनि एमसीसी सम्झौता सदनवाट अनुमोदनको पखाईमा अमेरिका वसेको छ । त्यसका लागि यसको पक्षधर पार्टी र तिनका नेतामार्फत लविङ गर्ने र अन्य राजनीतिक दल र तिनका पार्टीका शीर्ष नेताहरुमाथी दवाव वढाउने रणनीतिमा अमेरिकाको वाइडेन प्रशासन यतिवगेला लागेको छ ।
अमेरिकाको चीनसँगको सम्वनधमा खटपट चलिरहँदा उसले नेपालमाथी चासो देखाउदै आईरहेको छ ।
त्यही कारण पनि नेपालको भूमिवाट चीन घेर्ने रणनीतिक योजनामा पछिल्लो पटक अमेरिका लागेको आरोप पनि उसमाथी लाग्दै आएको छ । सोही कारण उसका अनुदान सहयोगका परियोजनाभित्र स्वार्थ बाँझिएको आरोप लागेको छ । एमसीसी परियोजना पनि सोही कारण नेपालमा विवादित बनेको छ ।
ऊर्जा पूर्वाधार तथा सडक स्तरोन्नतिका लागि अमेरिकाले ५० करोड अर्थात् करिब ५७ अर्ब रुपैयाँ र नेपालको १३ करोड डलर अर्थात् १५ अर्ब ९६ करोड रुपैयाँ राखेर ५ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी कम्प्याक्ट नामक सहयोगमा २०७४ भदौ २९ गते एकसीसी परियोजनामा नेपाल र अमेरिकाका वीचमा सम्झौता भएको थियो । सम्झौता अनुसार यसलाई संसदवाट अनुमोदन गराउन पर्ने पूर्व शर्त अमेरिकी पक्षले राखेपछि केपी ओली नेतृत्वको सरकारले २०७५ असार ३० मा सदनवाट अनुमोदनका लागि प्रस्ताव संसदमा दर्ता गराएको थियो ।
तर माओवादी लगायत राजनीतिक दलको विरोधका कारण संसदमा यो टेवुल हुन नसकी अड्किराखेको छ ।

यस्तो वेला अमेरिकी उच्च पदस्गथ अधिकारीहरुको नेपालमा हुन थालेको भ्रमण र भ्रमणका क्रममा नेपालका राजनीतिक दलका नेताहरुसँगको बाक्लो भेटघाटलाई निक्कै अर्थपूर्ण रुपमा हेरिएको छ ।
वुधबार नै नेपाल आईपुगेका दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु ले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवासँग आज सँझ भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । उनले आज विहान लूले त्रिवि शिक्षण अस्पतालमा जारी कोभिड-१९ विरुद्धको खोप अभियानको अवलोकन पनि गरेका छन् ।
उनले परराष्ट्रमन्त्री नारायण खड्का, रक्षामन्त्री मीनेन्द्र रिजाल, गृहमन्त्री बालकृष्ण खाँण, स्वास्थ्यमन्त्री विरोध खतिवडासँग भोलि दिउँसो सिंहदरबारमा भेटवार्ता गर्ने कार्यक्रम छ । यस्तै विभिन्न दलका शीर्ष नेताहरूसँग पनि सिंहदरबारमै भेटवार्ता गर्ने तयारी उनको छ ।
त्यस्तै, आज काठमाडौं आईपुग्ने उपसहायकमन्त्री किडरलिङले पनि आफ्नो तीनदिने भ्रमणका दौरान नेपाली अधिकारी र नागरिक समाजका अगुवासँग भेटघाट गर्ने कार्यक्रम रहेको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ ।
अमेरिकी दूतावासले बुधबार विज्ञप्ति जारी गर्दै अमेरिका र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापित भएको ७५ वर्ष पुग्नु ठीक अगाडि लु र किडरलिङको भ्रमण हुन लागेको बताएको छ । अमेरिकी उच्च् अधिकारीहरुले ‘कोभिड–१९, जलवायु परिवर्तन र लोकतन्त्रको सबलीकरण जस्ता राष्ट्रपति बाइडेनका उच्च प्राथमिकतामा रहेका चुनौतीलाई सम्बोधन गरर्ने अमेरिकी दुतावासको विज्ञेप्तीमा उल्लेख छ ।


















चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
आफूविरुद्ध दुष्प्रचार गरिएको भन्दै खुस्बु ओलीले दिइन साइबर ब्युरोमा उजुरी
पैठारी गरिने वस्तुमा अधिकतम् खुद्रा मूल्य अनिवार्य गरिने
५५० किलाेमिटर रेन्ज दिने एलएस अटोको ‘एलईभी एक्स’ नेपाली बजारमा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
इस्लामावादमा इरान–अमेरिका वार्ता सुरु
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
अमेरिकासँगको वार्ताका लागि स्लामाबाद पुग्यो इरानको प्रतिनिधिमण्डल
बिदा विवादले अन्यौलमा अस्पताल, चिकित्सक भन्छन्- आइतबार काम गर्न सकिँदैन
प्रतिक्रिया