बुधबार, फागुन १३, २०८२

प्रधानमन्त्री र प्रचण्डबीच भेटवार्ता, न्यायलयका बारेमा समाधान खोजिने

मेरोन्यूज २०७८ मंसिर २ गते १४:०७

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै न्यायलयमा देखिएको समस्या समाधान गर्न राजनीतिक दलहरु मुकदर्शक बनिरहेको आरोप लागिरहेका बेला सत्ता गठबन्धन दलमा यसबारेमा छलफल हुन थालेको छ । गत ३० कात्तिकको उच्च स्तरीय राजनीतिक समन्वय समितिको बैठकमा दलहरुले यस विषयमा छलफल गरेका थिए ।

Advertisement
nepal life insurencenepal life insurence

यसअगाडि दलहरूले अदालतभित्रको समस्या अदालतले नै समाधान गर्नु उचित हुने तर्क गरिरहेको थियो । सत्ता गठबन्धन दलका नेताहरू पछिल्लो समय न्यायलयका बारेमा आन्तरिक छलफलमा केन्द्रीत हुन थालेका हुन् । सत्ता गठबन्धन दलका नेताहरूले पनि यस विषयलाई अब धेरै लम्बाउन नहुने भन्दै प्रधानमन्त्रीले पहल लिनुप र्ने बताउन थालेका छन् ।

न्यायलयभित्र देखा परिरहेको संकटका विषयमा बिहीबार नै प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छलफल भएको छ । राजदूत नियुक्तिलगायतका विषयमा प्रधानमन्त्री र प्रचण्डबीच बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा न्यायालयभित्रको विवादका विषयमा समेत केन्द्रीत रहेर छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यसैगरी सत्ता गठबन्धनकै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अब यो विषय धेरै अल्झेर नबस्ने र समाधानका लागि प्रधानमन्त्रीले पहल लिनु पर्ने बताएका छन् । कार्यकर्ता प्रशिक्षणका लागि धनगढी पुगेका अध्यक्ष नेपालले प्रधानमन्त्रीले सर्वोच्च अदालतभित्र देखा परेको गतिरोध अन्त्य गर्न पहल लिनु पर्ने बताएका हुन् ।

बिहीबार धनगढीमा प्रदेश पार्टी कार्यालयको उद्घाटन कार्यक्रममा पत्रकारको जिज्ञासामा अध्यक्ष नेपालले यसबारे साझा धारणा बनाएर सर्वोच्चमा देखा परेका समस्या राम्रो वातावरणमा छिटो समाधान हुनु पर्ने बताए ।

‘यसबारे सबै पक्षको ध्यानाकर्षण गराउने निर्णय भएको छ, प्रधानमन्त्रीले यसको निम्ति आफ्नै हैसियतले पहल गर्नुपर्छ,’ उनले भने।

प्रतिक्रिया