नेप्से परिसूचक पुनः घट्यो, दुई कम्पनीको शेयरमा सर्किट

काठमाडौँ । बुधबार उच्च अंकले बढेर दुई हजार ८०० भन्दामाथि पुगेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर कारोबार हुने साताको अन्तिम दिन आज नेप्से परिसूचक ३२.३९ अंकले घटेर दुई हजार ७६९.१३ मा ओर्लेको छ ।
यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.४३ अंकले घटेर ५२२ मा ओर्लेको छ । नेप्से ओरालो लागे पनि कारोबार रकम आज भने छ अर्ब नाघेको छ । कूल २२४ कम्पनीको ९८ लाख ६२ हजार ९४० कित्ता शेयर छ अर्ब २७ करोड १८ लाख ६७ हजार २३० मूल्यमा खरिद बिक्री भए । बिहीबारको कारोबारपछि बजार पूँजीकरण ३८ खर्ब ९४ अर्ब ७२ करोड ७८ लाख ५८ हजार ८९ बराबर भएको छ ।
नेप्सेका अनुसार बिहीबार कारोबार भएका कूल १३ उपसमूहमध्ये १२ उपसमूहको शेयर ओरालो लागेको छ । त्यसमा बैंकिङ २२.०६, व्यापार ६९.५४, होटल तथा पर्यटन ३९.१६, विकास बैंक १११.६१, जलविद्युत् ९०.९६, वित्त २७.५७, निर्जीवन बीमा ७६.२८, लघुवित्त ८.२७, जीवन बीमा २२८.०७, सामूहिक लगानी कोष ०.०६ र लगानी १.५ अङ्ले घटेको छ । त्यस्तै अन्य उपसमूह २६.४२ अंकले उकालो लागेको छ ।
कारोबारका आधारमा नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ६० करोड ४४ लाख ५५ हजार ४१२ बराबरको कारोबार भयो । यस्तै महालक्ष्मी विकास बैंक ५७ करोड २८ लाख ५० हजार ३५८, माथिल्लो तामाकोशी ३९ करोड ५० लाख ३३ हजार १७५, नेशनल हाइड्रोपावर १९ करोड २६ लाख ३४ हजार ९१७ र छिमेक लघुवित्तको १७ करोड २९ लाख २५ हजार ७७१ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।
नेप्सेका अनुसार मानुषी लघुवित्त र तेह्रथुम पावर कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । त्यस्तै नारायण्ी डेभलपमेन्ट बैंक ६.५२, फस्ट माइक्रोफाइनान्स ६.४९ र मञ्जुश्री फाइनान्सका लगानीकर्ताले ३.५१ प्रतिशतले कमाए । उता, मैलुङ खोला जलविद्युत् कम्पनी ५.०३, शिव श्री हाइड्रोपावर ४.५२, माउण्टेन इनर्जी नेपाल ४.४९, हिमालयन पावर पार्टनर ४.४७ र हिमालयन ऊर्जा विकास कम्पनीका लगानीकर्ताले ४.४५ प्रतिशतले गुमाएका छन् ।








र्यापर स्यामुएद्वारा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको स्वीकार
जेन–जी आन्दोलनका सहिदको सम्झनामा दीप प्रज्वलन
बुधबारदेखि सरकारले तीन महिना ‘मानसिक स्वास्थ्य सचेतना अभियान’ सञ्चालन गर्ने
एमालेमा युवा नेत्री केन्द्रीय सदस्यका दावेदार
जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड
एनपिएलः लिग चरणको अन्तिम खेल हुँदै
जनार्दन शर्मालाई गृहजिल्लामै कालो झण्डा
जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै कर्णाली
प्रतिक्रिया