नेप्से परिसूचक पुनः घट्यो, दुई कम्पनीको शेयरमा सर्किट

काठमाडौँ । बुधबार उच्च अंकले बढेर दुई हजार ८०० भन्दामाथि पुगेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर कारोबार हुने साताको अन्तिम दिन आज नेप्से परिसूचक ३२.३९ अंकले घटेर दुई हजार ७६९.१३ मा ओर्लेको छ ।
यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.४३ अंकले घटेर ५२२ मा ओर्लेको छ । नेप्से ओरालो लागे पनि कारोबार रकम आज भने छ अर्ब नाघेको छ । कूल २२४ कम्पनीको ९८ लाख ६२ हजार ९४० कित्ता शेयर छ अर्ब २७ करोड १८ लाख ६७ हजार २३० मूल्यमा खरिद बिक्री भए । बिहीबारको कारोबारपछि बजार पूँजीकरण ३८ खर्ब ९४ अर्ब ७२ करोड ७८ लाख ५८ हजार ८९ बराबर भएको छ ।
नेप्सेका अनुसार बिहीबार कारोबार भएका कूल १३ उपसमूहमध्ये १२ उपसमूहको शेयर ओरालो लागेको छ । त्यसमा बैंकिङ २२.०६, व्यापार ६९.५४, होटल तथा पर्यटन ३९.१६, विकास बैंक १११.६१, जलविद्युत् ९०.९६, वित्त २७.५७, निर्जीवन बीमा ७६.२८, लघुवित्त ८.२७, जीवन बीमा २२८.०७, सामूहिक लगानी कोष ०.०६ र लगानी १.५ अङ्ले घटेको छ । त्यस्तै अन्य उपसमूह २६.४२ अंकले उकालो लागेको छ ।
कारोबारका आधारमा नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ६० करोड ४४ लाख ५५ हजार ४१२ बराबरको कारोबार भयो । यस्तै महालक्ष्मी विकास बैंक ५७ करोड २८ लाख ५० हजार ३५८, माथिल्लो तामाकोशी ३९ करोड ५० लाख ३३ हजार १७५, नेशनल हाइड्रोपावर १९ करोड २६ लाख ३४ हजार ९१७ र छिमेक लघुवित्तको १७ करोड २९ लाख २५ हजार ७७१ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।
नेप्सेका अनुसार मानुषी लघुवित्त र तेह्रथुम पावर कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । त्यस्तै नारायण्ी डेभलपमेन्ट बैंक ६.५२, फस्ट माइक्रोफाइनान्स ६.४९ र मञ्जुश्री फाइनान्सका लगानीकर्ताले ३.५१ प्रतिशतले कमाए । उता, मैलुङ खोला जलविद्युत् कम्पनी ५.०३, शिव श्री हाइड्रोपावर ४.५२, माउण्टेन इनर्जी नेपाल ४.४९, हिमालयन पावर पार्टनर ४.४७ र हिमालयन ऊर्जा विकास कम्पनीका लगानीकर्ताले ४.४५ प्रतिशतले गुमाएका छन् ।















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
फेवातालमा फसेका पाँच भारतीयको सशस्त्रद्वारा सकुशल उद्धार
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया