कांग्रेस महाधिवेशन : यी तीन युवा नेताहरुबीच महामन्त्रीमा भिडन्त

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा तीन युवा नेताबीच प्रतिस्पर्धा हुने भएको छ । तीन चर्चित युवा नेताले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेसँगै कांग्रेस महामन्त्रीको भिडन्त रोचक हुने देखिएको हो । जसमा अहिलेका प्रवक्ता एवम् केन्द्रीय सदस्य विश्वप्रकाश शर्मा र केन्द्रिय सदस्यहरु प्रदीप पौडेल र गगन थापा महामन्त्री पदमा आमनेसामने हुने भएका छन् ।
कांग्रेसको तेस्रो धारका रूपमा चिनिने पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको समूहबाट नेता प्रदीप पौडेलले गत शुक्रबार शुक्ला गण्डकी नगरपालिका वडा नम्बर ८ मा आयोजित पार्टी कार्यक्रमबाटै महामन्त्री पदमा उठ्ने घोषणा गरे । उनले भने ‘पार्टी बलियो बनाउँन आफू महामन्त्री पदमा उठ्ने छु ।’
एउटै समुहका पौडेल र थापा दुई धारमा
महामन्त्रीका तीन युवाका रोजाईमा परेका प्रतिष्प्रर्धी मध्ये दुई पौडेल र थापाको प्रतिस्पर्धा अझ रोचक हुने देखिएको छ । अघिल्लो अर्थात १३ औं महाधिवेशनसम्म थापा कांग्रेसको तेस्रो धारका रूपमा चिनिने पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समुहमा नै थिए । गत भदौं १७ गते पौडेल समुहको पत्रकार सम्मेलनमा थापा देखिए । तर थापाले कृष्ण प्रसाद सिटौला र रामचन्द्र पौडेल दुबैलाई मिलाएर लैजाने बताएका थिए । थापाले आफू चुनाव लड्ने समूह भने खुलाइसकेका छैनन् ।
‘अहिले नै म यो समुहमा रहेको भन्न नमिल्ने’ उनले बताएका थिए । थापाले पनि गत भदौ १४ मै काठमाडौं महानगरपालिका वडा नम्बर ३० को कार्यक्रमबाट आफू फेरि महामन्त्री पदमा लड्ने घोषणा गरेका थिए । २०७२ मा भएको १३ औं महाधिवेशनमा सिटौला पक्षबाट महामन्त्रीमा लडे पनि शशांक कोइरालासँग ससुरा अर्जुन नरसिंह केसीसँगै पराजित भएका थिए ।
पौडेल नेविसंघका पूर्व अध्यक्ष समेत हुन् । पार्टीको केन्द्रिय सदस्य पनि हुन् । उनी क्रियाशील सदस्यता विवाद समाधानका लागि केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा गठित छानबिन समितिका सदस्य बने । कांग्रेसमा करिब पाँच हजार उजुरी परेकोमा सबै विवाद हल गरिसकेपछि महामन्त्री पदमा उम्मेदवारी दिएको पौडेलको भनाई छ । उनी १३ औं महाधिवेशनदेखि पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँग निकट छन् ।
यसैगरी, अहिलेका प्रवक्ता शर्माले गत भदौ २४ गते बिपी जयन्तीमा सुन्दरीजल पुगेर महामन्त्री लड्ने घोषणा गरेका थिए । उनले अहिलेसम्म चुनाव लड्ने समूह भने खुलाइसकेका छैनन् । तर घोषणा गरेको केही दिनपछि निधि निवासको घरको पुजामा देखिए शर्मा । तर उनले पुजामा गएको सामान्य भनेपनि धेरैले अब शर्माले देउवा समुह छोडेर निधि समुह प्रवेश गरेका हुन् कि भन्ने अड्कल काटेका छन् ।
शर्मा ,पौडेल र थापामात्र हैनन, कांग्रेसको महाधिवेशन मिति नजिकिदै गर्दा आफ्ना आफ्ना समुहमा महामन्त्रीका आकाक्षी पनि खुलेर देखिन थालेका छन् । संस्थापन समुहमा महामन्त्री पदमा सहमहामन्त्री प्रकाशशरण महत, ज्ञानेन्द्रबहादुर कार्की, रमेश लेखक, केन्द्रीय सदस्य बालकृष्ण खाँण, एनपी साउद लगायत नेताहरू पनि उठ्ने चर्चा छ । तर उनीहरूले घोषणा भने गरिसकेका छैनन् । इतर समूहबाट डा. चन्द्र भण्डारी, डा. मीनेन्द्र रिजाल, धनराज गुरुङ, गुरुराज घिमिरे आकांक्षी देखिएका छन् ।
यता, कांग्रेसमा १४ पदाधिकारी मध्ये कोषाध्यक्षमात्रै मनोनित हो । सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्री चुनाव मार्फत् आउँछन् । महाधिवेशन आउन एक महिनामात्रै बाँकी रहँदा विभिन्न पदका आकांक्षीहरूले उम्मेदवारी घोषणालाई तीव्रता दिएका छन् ।
यस्तै कांग्रेसमा संस्थान पक्षबाट शेरबहादुर देउवा पुन उठ्ने भएका छन् । संस्थापनइतर वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला तथा केन्द्रीय सदस्य शेखर कोइरालाले सभापति पदमा उठ्ने तयारी अगाडी बढाएका छन् । कांग्रेस महाधिवेशन मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा हुँदैछ ।

सञ्जिता खनाल
मेराेन्यूजकर्मी खनाल राजनीति र स्वास्थ्यसम्बन्धी विषयमा कलम चलाउँछिन् ।
















BP Koirala Memorial Cancer Hospital in financial problem as most services are free
राष्ट्र बैंकद्वारा घरजग्गा कारोबारको प्रवृत्तिसम्बन्धी तथ्याङ्क सार्वजनिक
उपसभामुख रुबीकुमारी ठाकुरद्वारा पदभार ग्रहण
ज्यान हत्केलामा राखेर लिएको सदस्यता कसैको लहडमा भाषण गरेर खारेज हुन सक्दैन-पूर्णबहादुर खड्का
नाटोप्रति ट्रम्पको तीव्र असन्तुष्टि
उपसभामुख ठाकुरले लिइन् शपथ
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
प्रतिक्रिया