भन्सार छलेर ल्याएको सामान बरामद
मेरोन्यूज
२०७८ मंसिर ३ गते ७:२४
काठमाडौँ । कृष्णपुर नगरपालिका ५ गुलरियास्थित पूर्व–पश्चिम राजमार्गबाट महेन्द्रनगरबाट अत्तरियातर्फ जाँदै गरेको सुपप्र ०२००२१ नम्बरको मिनी ट्रकबाट प्रहरीले बिहीबार पाँच लाख ४३ हजार ४५० मूल्य बढीको भन्सार छली गरी लैजाँदै गरेको सामान बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लालबहादुर बमका अनुसार बैतडीको सुर्नया गाउँपालिका ७ बस्ने वर्ष २१ का मिनी ट्रक चालक नवीन कुँवरसहित ट्रकलाई कार्यालयमा ल्याएर सामान जाँच गर्दा बिनाबिल भारतबाट भन्सार छली ल्याएको पाइएको हो ।
ट्रकमा ल्याइएको सामानमा लेडिज सुट २७० थान अन्दाजी मूल्य एक लाख ८९ हजार, मिस्री १४५ बोरा अन्दाजी मूल्य दुई लाख ६१ हजार र पेठा मिठाई ८९ डिब्बा अन्दाजी मूल्य ९३ हजार ४५० बराबरको रहेको छ ।
बरामद सामान, ट्रक र चालकलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको छ ।
सम्बन्धित















चिकित्सकलाई सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न निर्देशन
संयुक्त राष्ट्र सङ्घद्वारा होर्मुज जलक्षेत्र पुनः खोल्ने इरानीे घोषणाको स्वागत
गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन
पूर्णबहादुर खड्काले बोलाए निवर्तमान पदाधिकारी र केन्द्रीय सदस्यसहितको बैठक
भारतमा मिनी बस दुर्घटना हुदाँ दश जनाको मृत्यु
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
इरानमा पक्राउ परेका अमृत झा रिहा
२०६२ सालपछिका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन
नेपाली दूतावासबाट ५० करोड राजस्व संकलन
प्रतिक्रिया