आज कांग्रेसको प्रदेशसभा क्षेत्रीय अधिवेशन हुने

काठमाडौँ । नेपाली कांग्रेसले शुक्रबारदेखि प्रदेशसभा क्षेत्रीय अधिवेशन गर्ने भएको छ । पार्टीको १४ औँ महाधिवेशनअन्तर्गत आज प्रदेशसभा क्षेत्रीय अधिवेशन हुने भएको हो ।
वडा र पालिका तहको अधिवेशन भइसकेका जिल्लामा हुने अधिवेशनले कार्यसमिति र प्रदेश अधिवेशनका लागि प्रतिनिधि चयन गर्ने भएको छ । कांग्रेसको विधानमा देशभर तीन सय ३० वटै प्रदेशसभा निर्वाचन क्षेत्रमा प्रदेशसभा क्षेत्रीय कार्यसमिति रहने व्यवस्था रहेको छ ।
त्यस्तै, हरेक प्रदेशसभा क्षेत्रबाट एक जना सभापति र १५ जना प्रतिनिधि चयन हुने छन् । क्षेत्रीय अधिवेशन चयन हुने प्रतिनिधिहरूले सम्बन्धित प्रदेशको अधिवेशनमा मताधिकार पाउने छन् ।
कांग्रेस महाधिवेशन कार्य तालिकाअनुसार आजदेखि प्रदेशसभा क्षेत्रीय अधिवेशन, ६ गतेदेखि प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन, १० गतेदेखि जिल्ला अधिवेशन तथा १६ र १७ गते प्रदेश अधिवेशन हुने भएको छ ।
पार्टीको महाधिवेशन आगामी मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा हुँदै छ ।

















आज २०८२ साल फागुन १३ गते बुधबारको राशिफल
सुरक्षा खतराको कारण घर छाडेका अष्ट्रेलियाका प्रधानमन्त्री निवासमा फिर्ता
आज विभिन्न जिल्लामा असिना पानी, सबैभन्दा बढी वर्षा सङ्खुवासभामा
विगतमा एमाले हार्दा दाङ विकासको प्रतिस्पर्धामा पछाडि पर्याे – शङ्कर पोखरेल
मौद्रिक नीति अर्धवार्षिक समीक्षाः क्षेत्रगत कर्जा विस्तार र पूर्वाधार लगानीमा सहजीकरण
निर्वाचनमा तीन दिन सार्वजनिक बिदा दिन सिफारिस
Nepal’s Cooperatives at Risk: Legal Concerns over RSP’s Policy
लिचीबारी घुस प्रकरणमा रन्जिता श्रेष्ठलाई धरौटीमा छाड्न आदेश
निर्वाचन आयाेगले भन्याे– निर्वाचन चिह्नको भौतिक स्वरूप प्रयोग नगर्नु/नगराउनू
सशस्त्र प्रहरीका २३ बरिष्ठ उपरीक्षकहरु निर्वाचन अनुगमनमा
प्रतिक्रिया