थप २९६ जना कोरोना संक्रमण, पाँच जनाको मृत्यु
मेरोन्यूज
२०७८ मंसिर ३ गते १६:२६

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २९६ जना कोरोना संक्रमित थपिएका छन् ।
देशभरका विभिन्न प्रयोगशालामा ८ हजार ९७२ जनाको कोरोना परिक्षण गर्दा २९६ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पीसीआर परीक्षणबाट २६१ र एन्टीजेन्ट विधिबाट २५ जनामा संक्रमण पुष्टि भएको हो ।
काठमाडौं उपत्यकामा भने शुक्रबार १२० संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ९१, ललितपुरमा १९ र भक्तपुरमा १० संक्रमित हन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा देशभरबाट ५ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमण पुष्टी भई मृत्यु हुनेको संख्या ११ हजार ४९४ पुगेको छ ।
पछिल्लो २४ घण्टाको अवधिमा ३६९ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर ७ हजार ५३९ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।
सम्बन्धित

















अक्षय तृतीयाः डोलेश्वरमा दर्शनार्थीको घुइचो
गोरखामा चट्याङ लागेर युवकको मृत्यु
सरकारी कर्मचारीले पाक्षिक रुपमा तलबभत्ता पाउने
लुम्बिनी प्रदेशसभाको बैठक बस्दै
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
प्रतिक्रिया