महाधिवेशनको पूर्वसन्ध्यामा एमाले मुख्यालय पुग्दा…

काठमाडौं । एमाले मुख्यालय धुम्बराहीवाट थापाथली सरेको धेरै भएको छैन । पार्टी केन्द्रीय कार्यालयमा एमालेले अहिलेसम्म पार्टीको बैठक राखेको छैन ।
जति जे वैठक गर्नुपरयो भनेपनि पहिले पार्टी अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा सरकारी निवास वालुवाटारमै हुन्थे । तर प्रधानमन्त्रीबाट ओली हटेपछि ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको हलमा हुन थालेको छ ।
फेरि पनि पार्टी मुख्यालय च्यासलतिरै सार्ने तयारीमा भित्री छलफल पनि एमालेभित्र भइरहेको छ । जसकाकारण एमाले मुख्यालयमा अघिपछि काम विशेषले पुग्नै पर्ने नेता कार्यकर्ता बाहेक अन्यको चहलपहल त्यहाँ हुने गरेको थिएन । तर केही दिनयता भने थापाथलीस्थित कार्यालयको रौनक बदलिएको छ ।
पार्टीको दशौं महाधिवेशनको पूर्वसन्ध्यामा एमाले पार्टीको मुख्यालयको गतिविधि नियाल्न मेरोन्यूजको टिम थापाथलीस्थित पार्टी कार्यालयमा शुक्रवार दिउँसो पुग्दा नेता कार्याकर्ताको निकै देखिन्थ्यो ।
पार्टी कार्यालय परिसरमा गाडी पाकिङ, पार्टीका नेता कार्यकर्ताहरुको आवतजावत अघि पछिका भन्दा वाक्लो देखिन्थ्यो । केन्द्रीय कार्यालयमा कार्यरत एक कर्मचारीले भने, –‘केही दिन यता पार्टी कार्यालयमा नेता कार्यकर्ताको आवतजावत बाक्लो छ । रौनक फेरिएको छ । महाधिवेशनको माहोल लागेको छ ।’
पार्टीको १० औं महाधिवेशनको तयारी र महाधिवेशनमा मैदानमा उत्रिन चाहने नेताहरु पनि वाक्लै मात्रामा कार्यालयमा भेटिन्थे । तर उनीहरु मध्ये केन्द्रीय सदस्यका आकांक्षी नेताहरु आफू केन्द्रीय सदस्यमा उठ्ने खुलेरै बताउँथे । तर पदाधिकारीका आकांक्षीहरु कुन पदमा उठ्ने ? प्रश्न राख्दा हाँसेरै टारिदिन्थे । अनि भन्थे, ‘हेरौं पार्टी अध्यक्षले कस्तो प्रस्ताव ल्याउनुहुन्छ । पहिला अध्यक्षको प्रस्ताव हेरौं । यो पटक सर्वसम्मत नेतृत्व चयन गर्नुपर्ने अवस्थामा एमाले छ ।’
एमालेको नयाँ नेतृत्वका लागि यही मंसिर १० देखि १२ गतेसम्म चितवनमा १० औं महाधिवेशन हुँदैछ । यसअघि एमालेले गत असोजमा विधान महाधिवेशन गरेर १० औं महाधिवेशनका लागि नीति पारित गरेको थियो । त्यही नीति अनुसार एमालेले १० औं महाधिवशेन गर्दैछ ।
नेकपा एमालेको १० औं महाधिवेशन आउन एक साता बाँकी छ । अर्को शुक्रबार महाधिवशेनको उद्घाटन चितवनको नारायणी नदीको किनारामा हुँदैछ । त्यसपछि बन्दसत्र सौराहमा हुनेछ ।
यस्तै, महाधिवेशनको तयारीका लागि शीर्ष नेताहरु पनि पार्टी कार्यालय आउने गरेका छन् । शीर्ष नेताका कार्यकक्ष सधैं खाली हुने भए पनि महाधिवेशनको समयमा भरिभराउ हुने गरेको कार्यालयमा कार्यरत एक कर्मचारीले बताए ।
शीर्ष नेतालाई भेटेर पदको कुरा गर्ने नेताहरु पनि पार्टी कार्यालयमा आउने गरेका छन् । पार्टीको १० औं महाधिवेशन प्रतिनिधि, केन्द्रीय सदस्यदेखि पार्टीका महासचिव ईश्वर पोखरेलसम्म बढी मात्रामा कार्यालय आउनेमा पर्छन् ।
शुक्रवार हामी एमाले मुख्यालय पुग्दा महासचिव ईश्वर पोखरेलदेखि सचिव प्रदीप ज्ञवालीसम्म थापाथली पार्टी कार्यालयमै ब्यस्त थिए ।
महाधिवेशनको तयारी तथा कार्यकर्तासँग छलफलमा जुटेका थिए महासचिव पोखरेल । उनले महाधिवेशनको तयारी भइरहेको बताए । महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको काम लगभग सकिएको उनले जानकारी गराए ।
महाधिवेशनको अन्य तयारी मुल व्यवस्थापन समितिको मातहतमा रहेका समितिले गरिरहेको उनले बताए ।
यस्तै, महासचिव पोखरेलले माओवादी केन्द्र छोडेर एमालेमा आएका र दशबुँदे सहमति गररे एमालेमा रहेका नेताहरुको महाधिवेशनमा व्यवस्थापन गरिने बताए ।
उनले भने– ‘माओवादी केन्द्रबाट आएका नेताहरुको व्यवस्थापन हुन्छ । उहाँहरु प्रतिनिधिमा पनि निर्वाचित भएर आउनु भएको छ । उहाँहरुको प्रतिनिधित्व हुन्छ, छुट्नु हुन्न । दश बुँदेको आधारभुत कार्यान्वयन भएको छ । दशबुँदे पक्ष विपक्ष भनिरहनु पर्दैन । प्रतिनिधि बनेर आउनु भएकै छ । सबै साथीहरु समेटिनु हुन्छ ।’
यस्तै, महासचिव पोखरेलले आफ्नो उम्मेद्धावारीका विषयमा पार्टीमा सल्लाह हुने बताए । उनको दावी बरिष्ठ उपाध्यक्षमा स्वभाविक देखिन्थ्यो । आफू दुई पटक महासचिव भइसकेको भन्दै उनले अब के हुने भन्नेमा पार्टीमा सल्लाह हुने बताए । बरिष्ठ उपाध्यक्ष तथा अन्य पदाधिकारीमा पनि सल्लाह गरिने बताए ।
एमाले सचिव तथा प्रवक्ता प्रदीप ज्ञवालीले पनि माओवादी छोडेका र दशबुँदे सहमति गरेर पार्टीमै रहेका नेताहरुको महाधिवेशनबाट व्यवस्थापन हुने बताए । उनले माओवादीबाट आएका नेताहरुको योग्यता र क्षताका आधारमा जिम्मेवारी दिइने बताए ।
योग्य र क्षमता भएका नेतालाई पदाधिकारी र अन्यलाई स्थायी कमिटी र केन्द्रीय कमिटीमा जिम्मेवारी दिइने उनले बताए । उनले दशबुँदे सहमति गरेर एमालेमा रहेका नेताहरुको पनि पदाधिकारी, स्थायी र केन्द्रीय कमिटीमा ब्यवस्थापन हुने बताए ।
उनले भने, ‘माओवादी र दशबुँदे सहमति गरेर आएका नेताहरुलाई उचित जिम्मेवारी दिइने छ ।’ एमालेमा तीनधार छन् –संस्थापन, माओवादीबाट आएको धार र दशबुँदे सहमति गरेर एमालेमा रहेको धार ।
यी तीन धारलाई मिलाउनु पर्ने बाध्यतामा यसपटक एमाले नेतृत्व् छ । जातीय, भौगोलीक र लैंगिक समानतालाई पदाधिकारीमा समेट्नु पर्नेछ ।
सचिव ज्ञवालीले भीम रावलले अध्यक्षमा दाबी गरे पनि नउठ्ने बताए । सबै नेपालीले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व चाहेको भन्दै उनले उपाध्यक्ष रावलले पार्टी अध्यक्षमा उम्मेदवारी नदिने बताए ।
विधान महाधिवेशनले नेतृत्वमा महिलाको सहभागिता सुनिश्चित गरेकाले पदाधिकारीमा महिलालाई समेटिने उनले बताए । पार्टीको विधानको धारा १६ र ६३ ले महिला सहभागिताको सुनिश्चितता गरेको उनले बताए । धारा १६ ले एकतिहाइ सुनिश्चित गरेको र ६३ ले माथिदेखि तल्लो तह सम्म एकतिहाइ सुनिश्चित गरेको उनले बताए ।
एमाले महाधिवेशनमा पाँच लाख कार्यकर्ता सहभागि हुनेछन् । उनीहरुलाई परिचालनको जिम्मेवारी तल्ला तहका कमिटीले लिएका छन् । प्रत्येक पार्टी सदस्यबाट एक सयका दरले सहयोग मागिएको छ । ज्ञवालीको अनुसार एमालेका ८ लाख ५५ हजार ४४ सय ५३ जना छन् । ती बाट एक सयका दरले पैसा उठाउँदा एमालेको ८ करोड ५५ लाखभन्दा बढी पैसा उठ्छ । उठेको पैसाबाट कार्यकर्ता परिचालन गरिने उनले बताए । महाधिवेशनमा एक हजार ९ सय ९९ प्रतिनिधि सहभागी हुन्छन् ।

हरि भट्ट
मेरोन्यूजकर्मी हरि भट्ट राजनितिक विषयमा कलम चलाउछन् ।


















इरानमा पक्राउ परेका अमृत झा रिहा
कालीगण्डकीमा बेपत्ता युवा मृत फेला
पूर्वमन्त्री दीपक खड्काको मुद्दामा अनुसन्धान फाइल झिकाउने आदेश
२०६२ सालपछिका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन
महसुल नतिर्ने ग्राहकको धाराको लाइन काटिँदै
वार्ता असफल भएसँगै विश्वबजारमा अत्याधिक बढ्न थाल्यो तेलको मुल्य
इरान वार्तामा फर्कने वा नफर्कने विषयमा मलाई कुनै मतलव छैन – ट्रम्प
इरानको समुद्री क्षेत्रमा नाकाबन्दी लागू भएको घोषणा गर्दै ट्रम्पले दिए कडा चेतावनी
चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
सम्पत्तिबारे गृहमन्त्रीकाे जवाफ : गरिब जन्मिनु गल्ती होइन, गरिब नै भएर मर्नुचाहिँ गल्ती
प्रतिक्रिया