अमेरकी राष्ट्रपति बाइडेन शुक्रबार अस्पताल भर्ना
मेरोन्यूज
२०७८ मंसिर ४ गते ७:५९

काठमाडौँ । अमेरकी राष्ट्रपति जो बाइडेन शुक्रबार अस्पताल भर्ना भएका छन् । उनी अस्पताल भर्ना भएसँगै उपराष्ट्रपति कमला ह्यारिस कार्यवहाक राष्ट्रपति बनेकी थिइन् ।
राष्ट्रपति बाइडेन नियमित कोलोनोस्कोपीका लागि एक घण्टा २५ मिनेट एनेस्थेसियामा गएका थिए । समाचारमा जनाइएअनुसार उनले हरेक वर्ष कोलोनोस्कोपीको एनेस्थेसिया गराउँदै आएका छन् ।
व्हाइट हाउसका प्रेस सचिव जेन पास्कीले बाइडेन अस्पताल भर्ना हुँदा ह्यारिसले राष्ट्रपतिको जिम्मेवारी लिएकाे जानकारी दिए । बाइडेन अहिलेसम्मकै धेरै उमेरमा कार्यवहाक राष्ट्रपति पद सम्भाल्ने पहिलाे व्यक्ति हुन् । पद सम्हालेसँगै उनी पहिलाेपटक अस्पताल भर्ना भएका हुन् ।
शनिबार बाइडेनले आफ्नाे ७९ जन्मदिन मनाउने भएका छन् । एनेस्थेसियाका क्रममा उनलाई बेहाेस बनाइएको थियो ।
सम्बन्धित
















आज (शुक्रबार) का लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
पश्चिमी वायुको प्रभावले देशका विभिन्न भागमा बदली, केही स्थानमा मेघगर्जनसहित वर्षा हुने
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया