नवलपुर कांग्रेसको प्रदेशसभा क्षेत्रीय अधिवेशन जारी
विनोद चौधरीले प्रदेश १ (ख) मा मतदान गरे

नवलपुर । नेपाली कांग्रेसको प्रदेशसभा क्षेत्रीय क्षेत्रीय अधिवेशन अन्तर्गत शनिवार नवलपुरको चार वटै क्षेत्रमा निर्वाचन भइरहेको छ ।
दुई प्रतिनिधिसभा र चार प्रदेशसभा क्षेत्र रहेको नवलपुरमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेल समूहले छुट्टाछुट्टै प्यानल बनाएर उम्मेदवारी दिएका छन् ।
संघीय क्षेत्र नं १ को प्रदेश सभा निर्वाचन क्षेत्र “क” मा तारापती खरेल र गोपालप्रसाद सापकोटाको नेतृत्वमा प्यानलगत उम्मेदवारी दिएका छन् ।
यस्तै, नम्बर १ (ख)मा प्रदिप घिमिरे र हेमप्रसाद पाण्डे प्यानल गराएर चुनाबी मैदानमा होमिएका छन् । उद्योगपति विनोद चौधरीले पनि सोही क्षेत्रमा गएर मतदान गरेका छन् ।
यसैगरी नवलपुर क्षेत्र नम्बर २ (क) मा रामचन्द्र भण्डारी र ऋषिराम कंडेल प्यानलसहित उम्मेदवारी दिएका हुन् भने नवलपुर क्षेत्र नम्बर २(ख) मा कृष्णप्रसाद तिवारी र कृष्णबहादुर चौधरी प्यानल चुनावी मैदानमा रहेका छन् ।
काङ्ग्रेसको आसन्न १४ औं महाधिवेशन अन्तर्गत नवलपुरमा ४ वटा प्रदेशसभा निर्वाचन क्षेत्रका ९६ वटा पदमा १९२ जनाले उम्मेदवारी दिएका छन् ।


















कञ्चनपुरमा लागुऔषध मुद्दामा ३३४ जना पक्राउ
सुधारका लागि निरन्तर खबरदारी गर्न शिक्षामन्त्री पोखरेलको आग्रह
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
अनधिकृत पत्र लेख्ने महिमानसिंह बिष्टलाई ६ महिना कैद र १० हजार जरिवाना
श्रम ऐनबमोजिम कामदार राख्न मन्त्रालयको अनुरोध
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
आजदेखि काठमाडौंमा रात्रिकालीन बससेवा सञ्चालन
जबर्जस्ती करणीका फरार अभियुक्त १८ वर्षपछि पक्राउ
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
प्रतिक्रिया