थप २ सय ४२ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु
मेरोन्यूज
२०७८ मंसिर ४ गते १७:४०

काठमाडौँ । नेपालमा थप २ सय ४२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टी भएको छ ।
पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा भएको परीक्षणमा २ सय ४२ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख १८ हजार ७ सय ८७ जना पुगेको छ ।
कोरोना संक्रमण पुष्टी भएका थप एक जनाको पछिल्लो २४ घण्टाको अवधिमा मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । योसँगै कोरोना संक्रमण भई मृत्यु हुनेको संख्या ११ हजार ४ सय ९५ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल ७ हजार ३ सय ३ जना कोरोनाका संक्रमित छन् ।
मन्त्रालयका अनुसार शनिवार ४ सय ४४ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
सम्बन्धित















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
फेवातालमा फसेका पाँच भारतीयको सशस्त्रद्वारा सकुशल उद्धार
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया