पिएसजीको जितमा लियोनल मेस्सीको गोल
मेरोन्यूज
२०७८ मंसिर ५ गते ८:१३

काठमाडौँ । अर्जेटिनी स्ट्राइकर लियोनल मेस्सीको गोलमा पिएसजीले फ्रान्सको लिग वानमा जित निकालेको छ । पिएसजीले नान्टेसविरुद्ध ३–१ गोलअन्तरले जित निकालेको हो ।
खेल सुरुवातमा नै केलियन एम्बाप्पेको गोलमा पिएसजीले अग्रता लिएको थियो । दोस्रो हाफमा गोलरक्षक केलर नाभासले रातोकार्ड पाएसँगै पिएसजी अन्तिम २५ मिनेटको खेलमा १० खेलाडीमा सीमित भएको थियो ।
तर, खेलको ७६ औँ मिनेटमा कोलो मुआनीले गोल गर्दै नान्टेसलाई १–१ गोलको बराबरीमा ल्याएका थिए । खेलको ८२ औँ मिनेटमा नान्टेसका डेनिसले आत्मघाती गोल गरेपछि पिएसजी २–१ ले अघि रह्यो ।
८७ औँ मिनेटमा लियोनल मेस्सीले गोल गर्दै पिएसजीलाई ३–१ को जित दिलाए । मेस्सीको यो पहिलो लिग गोल हो ।
सम्बन्धित


















आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
पाँच बुँदे माग राख्दै धर्मेन्द्रकुमार कर्णले गरे आमरण अनसनको घोषणा
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
प्रतिक्रिया