पिएसजीको जितमा लियोनल मेस्सीको गोल
मेरोन्यूज
२०७८ मंसिर ५ गते ८:१३

काठमाडौँ । अर्जेटिनी स्ट्राइकर लियोनल मेस्सीको गोलमा पिएसजीले फ्रान्सको लिग वानमा जित निकालेको छ । पिएसजीले नान्टेसविरुद्ध ३–१ गोलअन्तरले जित निकालेको हो ।
खेल सुरुवातमा नै केलियन एम्बाप्पेको गोलमा पिएसजीले अग्रता लिएको थियो । दोस्रो हाफमा गोलरक्षक केलर नाभासले रातोकार्ड पाएसँगै पिएसजी अन्तिम २५ मिनेटको खेलमा १० खेलाडीमा सीमित भएको थियो ।
तर, खेलको ७६ औँ मिनेटमा कोलो मुआनीले गोल गर्दै नान्टेसलाई १–१ गोलको बराबरीमा ल्याएका थिए । खेलको ८२ औँ मिनेटमा नान्टेसका डेनिसले आत्मघाती गोल गरेपछि पिएसजी २–१ ले अघि रह्यो ।
८७ औँ मिनेटमा लियोनल मेस्सीले गोल गर्दै पिएसजीलाई ३–१ को जित दिलाए । मेस्सीको यो पहिलो लिग गोल हो ।
सम्बन्धित
प्रतिक्रिया