बुधबार, वैशाख २, २०८३

कांग्रेस महाधिवेशन : दाङमा दीपक गिरी प्यानल बलियो, पाँच जनाले जिते प्रदेश सभापति

मेरोन्यूज २०७८ मंसिर ५ गते १३:३५

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत क्षेत्रीय प्रदेश निवार्चनमा दाङमा संस्थापनइतर पक्ष बलियो देखिएको छ । शनिवार भएको निर्वाचनको परिणाम हेर्दा केन्द्रीय सदस्य दीपक गिरीको प्यानल बलियो देखिएको छ ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

जिल्लाका ६ प्रदेश निर्वाचन क्षेत्रहरूमध्ये पाँचवटामा दीपक गिरीको प्यानलका उमेदवार सभापतिमा निर्वाचित भएका छन् । जसले पनि संस्थापनइतर पक्ष बलियो देखिएको हो ।


निर्वाचन परिणामानुसार दाङको निर्वाचन क्षेत्र नम्बर–१ (क) मा श्रीपद चौधरी र १ (ख) मा निर्वाचित दिनेश गिरी दुवै संस्थापनइतर पक्षधर हुन् । यी दुवै स्थानमा उनीहरूको प्यानल नै विजयी भएको छ ।

दाङ निर्वाचन क्षेत्र नम्बर–२ (ख) को सभापतिमा निर्वाचित अभियान बस्नेत पनि संस्थापनइतर पक्षधर हुन् । त्यहाँ बस्नेतको टिमले अधिकाश पदहरूमा जिते पनि केही पदहरूमा संस्थापन पक्षधर पनि निर्वाचित भएका छन् ।

निर्वाचन दाङ क्षेत्र नम्बर–३ क र ख मा संस्थापनइतर पक्षधरका नेताहरूले जितेका छन् । (क) मा देवेन्द्र रिजाल र निर्वाचन क्षेत्र नम्बर–३ (ख)मा खिमबहादुर वली प्रदेश सभापतिमा निर्वाचित भएका हुन् ।

दाङ निर्वाचन क्षेत्र नम्बर–२ (क) को सभापतिमा निर्वाचित प्रकाश श्रेष्ठ मात्रै संस्थापन पक्षधर रहेका छन् । संस्थापन पक्षबाट प्रदेश सभापतिमा जित्ने श्रेष्ठ जिल्लाका एक्ला सभापति हुन् ।


एक नेताका अनुसार देउवा समुहका गेहेन्द्र गिरीको प्यानल बढारिएको छ, अब जिल्लामा दीपक गिरीको प्यानल मजबुत भएको स्वर्त पुष्टि भएको छ ।

प्रतिक्रिया