बुधबार, मंसिर २४, २०८२

सुदूरपश्चिम प्रदेश प्रमुखलाई सूचनाको हकबारे जानकारी गराइयो

मेरोन्यूज २०७८ मंसिर ५ गते १६:५४

काठमाडौं । राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङ्गले आइतबार सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीसँग भेट गरेका छन् ।

प्रदेश प्रमुखको निवासमा भएको भेटका क्रममा जोशीले प्रदेश प्रमुख माननीय देवराज जोशीले नागरिकलाई बलियो एवं समृद्ध बनाउने संवैधानिक तथा कानूनी व्यवस्थाप्रति प्रतिवद्ध रहेको बताए ।

प्रदेश प्रमुखसँगको भेटका अवसरमा प्रमुख आयुक्त गुरुङ्गले सूचनाको हकको संवैधानिक तथा कानून व्यवस्था, यसको आवश्यकता, कार्यान्वयनको अवस्था र अपेक्षाकाबारेमा जानकारी गराएका थिए ।

साथै प्रमुख आयुक्त गुरुङ्गले आयोगले सम्पादन गरिरहेको कार्य र प्रदेश नेतृत्वबाट अपेक्षित सहयोग र प्रतिवद्धताका बारेमा अवगत गराएको राष्ट्रिय सूचना आयोगका आयुक्त कमला ओली थापाले बताइन् ।

प्रतिक्रिया