‘ए’ डिभिजन लिगः मनाङ र बिग्रेड ब्वाइजको सुखद शुरुवात

काठमाडौं । काठमाडौंको दशरथ रंगशालामा जारी ‘ए’ डिभिजन लिग फुटवलमा मनाङ मर्स्याङदी क्लबले विजयी शुरुवात गरेको छ ।
आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको दिनको दोस्रो खेलमा ललितपुरको जावलाखेल युथ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै मनाङले सुखद सुरुवात गरेको हो ।
डिफेन्डर दिनेश राजवंशीले खेलको ५७ औं मिनेटमा गरेको गोल जीतका लागि निर्णायक बन्यो । पहिलो हाफमा दुवै टोलीले गोलरहित बराबर खेलेका थिए । जीतसँगै मनाङले तीन अंक जोडेको छ ।
आइतबार नै भएको पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लबले एपीएफ फुटबल क्लबलाई ३–२ गोलले पराजित गरेको छ ।
ब्रिगेडका लागि दिनेश राईले दुई तथा सुरज गुरुङले एक गोल गरेका थिए भने एपीएफका लागि आशिष लामा र बिक्की तामाङले एक एक गोल फर्काएका थिए ।
लिग अन्तर्गत सोमबार पनि दुई खेल हुनेछ ।
पहिलो खेलमा दुई विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी भिड्नेछन् भने दोस्रो खेलमा साबिक विजेता मच्छिन्द्र फुटबल क्लब र एनआरटीबीच प्रतिष्पर्धा हुनेछ ।


















अमेरिकाको लुइसियानामा एक व्यक्तिद्वारा आठ बालबालिकाको गोली हानी हत्या
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सरकारी ‘वेबसाइट’मा अपाङ्ग पहुँचमैत्री सुविधा
पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन अध्यक्ष घिसिङको माग
अक्षय तृतीयाः डोलेश्वरमा दर्शनार्थीको घुइचो
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
प्रतिक्रिया