‘ए’ डिभिजन लिगः मनाङ र बिग्रेड ब्वाइजको सुखद शुरुवात

काठमाडौं । काठमाडौंको दशरथ रंगशालामा जारी ‘ए’ डिभिजन लिग फुटवलमा मनाङ मर्स्याङदी क्लबले विजयी शुरुवात गरेको छ ।
आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको दिनको दोस्रो खेलमा ललितपुरको जावलाखेल युथ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै मनाङले सुखद सुरुवात गरेको हो ।
डिफेन्डर दिनेश राजवंशीले खेलको ५७ औं मिनेटमा गरेको गोल जीतका लागि निर्णायक बन्यो । पहिलो हाफमा दुवै टोलीले गोलरहित बराबर खेलेका थिए । जीतसँगै मनाङले तीन अंक जोडेको छ ।
आइतबार नै भएको पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लबले एपीएफ फुटबल क्लबलाई ३–२ गोलले पराजित गरेको छ ।
ब्रिगेडका लागि दिनेश राईले दुई तथा सुरज गुरुङले एक गोल गरेका थिए भने एपीएफका लागि आशिष लामा र बिक्की तामाङले एक एक गोल फर्काएका थिए ।
लिग अन्तर्गत सोमबार पनि दुई खेल हुनेछ ।
पहिलो खेलमा दुई विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी भिड्नेछन् भने दोस्रो खेलमा साबिक विजेता मच्छिन्द्र फुटबल क्लब र एनआरटीबीच प्रतिष्पर्धा हुनेछ ।









नेक्सजेन म्यानेजमेन्टले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल
जेनजी आन्दोलनका क्रममा आगजनी, तोफोड र लुटपाट गर्ने ४३ जना पक्राउ
सुशासन मार्फत् जनतामा आशा जगाउन वर्तमान सरकार केन्द्रित छः मन्त्री घिसिङ
झापामा तीन सयभन्दा बढी बालबालिकामा अटिजम
आज पनि बढ्यो सुनको मूल्य
एनपीएलः अहिलेसम्म कुन टिमको कस्तो रह्यो प्रदर्शन ?
महेश बस्नेतमाथि मसी छ्याप्नेलाई कडा कारबाही हुन्छ: नेविसंघ अध्यक्ष शेर्पा
कसले गरे महेश बस्नेतमाथि आक्रमणको प्रयास ?
दृष्टिविहीन महिला टि–२० विश्वकपको उपाधि भारतलाई, नेपाल ७ विकेटले पराजित
एनपीएलमा सट्टाबाजी गराउने ८ भारतीय प्रकाउ
प्रतिक्रिया