बैतडीमा जीप दुर्घटनामा मृतकको संख्या ६ पुग्यो
काठमाडौँ । बैतडीमा जन्ती बोकेको जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ । जिल्लाको दशरथचन्द नगरपालिका २ देहिमाडौँबाट जन्ती बोकेर दशरथचन्द ६ सिमायलतर्फ जाँदै गरेको म १ ज ३१० नम्बरको जीप आइतबार राति दुर्घटनामा परेको हो ।
जीपमा सवार रहेका सात जनामध्ये पाँच जनाको घटनास्थलमै मृत्यु भएको र एक जनाको उपचारका लागि धनगढी लैजाँदै गर्दा मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका जीप चालक डडेल्धुराका ४० वर्षीय दीपक मालीको उपचार गर्न लैजाँदै गर्दा बाटोमा मृत्यु भएसँगै मृतकको संख्या ६ पुगेको प्रहरीले जनाएको छ ।
घटनास्थलमै मृत्यु हुनेमा सबै दशरथचन्द ६ कै रहेका बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । दशरथचन्द ६ का ४८ वर्षीय राजेन्द्रबहादुर चन्द, ३८ वर्षीय धनबहादुर चन्द, ६५ वर्षीय प्रेमबहादुर चन्द, ६५ वर्षीय तारासिंह थापा र ५८ वर्षीय खेमसिंह कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनास्थलमै मृत्यु भएका पाँच जनाको शव परीक्षणका लागि जिल्ला अस्पताल बैतडी र बाटोमा मृत्यु भएका चालकको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।
यस्तै दुर्घटनामा दशरथचन्द ६ का ४८ वर्षीय हर्कबहादुर चन्द गम्भीर घाइते भएका छन् । चन्दको जिल्लामा उपचार हुन नसक्दा धनगढी रेफर गरिएको छ । सडकबाट ७ सय मिटर तल खसेको जीप दुर्घटनाको कारण भने खुल्न सकेको छैन् ।
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
प्रतिक्रिया