यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता : सुदूरपश्चिमको टोली घोषणा
काठमाडौँ । वाईवाई यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशको टोली घोषणा गरिएको छ । खड्कबहादुर बोहराको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको हो ।
सुदूरपश्चिम प्रदेश क्रिकेट सङ्घका सचिव तेजप्रकाश भट्टका अनुसार टोलीका अन्य खेलाडीमा नारायण जोशी (उपकप्तान), अर्जुन साउँद (विकेटकिपर), नरेन भट्ट, गजेन्द्र बोहरा, शेर मल्ल, नरेन्द्र साउँद, लोकेश बम, राहुल भण्डारी, कैलाश ऐर, हेमन्त धामी, आकाश चन्द, दिपक टमटा र वसन्त कार्की रहेका छन् ।
यस्तै अर्जनसिंह साउँद, अनुराग सिंह, सञ्जय बोहरा र वीरेन्द्र बमलाई वैकल्पिक खेलाडीका रुपमा छनोट भएका छन् । गत कात्तिक २४ गतेदेखि मङ्सिर १ गतेसम्म भएको प्रदेशस्तरीय छनोट प्रतियोगिताबाट २४ जनालाई बन्द प्रशिक्षणमा राखिएको थियो । बन्द प्रशिक्षणमा रहेका खेलाडीबाट १४ जनालाई छनोट गरिएको हो । नेपाल क्रिकेट सङ्घको आयोजनामा आजदेखि काठमाडौँमा उन्नाइस वर्षमूनिको राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु हुँदैछ ।









के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
यस्ता छन् नवनियुक्त मुख्यसचिवका २५ बुँदे प्राथमिकता
विराटनगरविरुद्ध पहिला ब्याटिङ गर्दै चितवन
एनपीएलमा नेपाली खेलाडीको उत्कृष्ट प्रदर्शन
आयनले ल्यायाे ‘दि एक्सट्राओडिनरी एक्सचेन्ज अफर’
एनपीएलः अहिलेसम्म कुन टिमको कस्तो रह्यो प्रदर्शन ?
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
एनपीएलमा सट्टाबाजी गराउने ८ भारतीय प्रकाउ
सशस्त्रको प्रवक्तामा डिआइजी थापा
छुटे दुर्गा प्रसाईं
प्रतिक्रिया