बुधबार, मंसिर २४, २०८२

कांग्रेस अधिवेशन : प्रधानमन्त्रीको गृह जिल्लामा साउद समूह निर्वाचित

मेरोन्यूज २०७८ मंसिर ७ गते ८:३६

काठमाडौँ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्लासमेत रहेको डडेल्धुरामा भीम बहादुर साउद निर्वाचित भएका छन् । सोमबार भएको अधिवेशनमा उनले ७३४ मत ल्याएर निर्वाचित भएका हुन् ।

अधिवेशनमा साउदको प्यानल नै विजयी भएको हो । सभापतिका अर्का प्रत्यासी चूडामणि ठकुराठीले ६५८ मत ल्याएका थिए । यसैगरी सचिवमा हेमराज चटौत र शेरबहादुर भण्डारी विजयी भए ।

निवर्तमान सभापति कर्ण मल्लको समूहले क्रियाशील सदस्यतामा धाँधली भएको आरोप लगाउँदै आएको छ । सोमबार मल्ल समूहले जिल्ला अधिवेशन रोक्न केन्द्रीय निर्वाचन समितिमा उजुरी हालेको थियो ।

प्रतिक्रिया