बिहीबार, वैशाख ३, २०८३

गुटगत गतिविधि स्वीकार हुन्न, सहमतिका लागि आग्रह गरिन्न : अध्यक्ष ओली

मेरोन्यूज २०७८ मंसिर ७ गते १५:५५

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको १० औं माधिवेशनमा गुटगत गतिविधि स्वीकार गर्न नसकिने बताएका छन् । महाधिवेशनको पूर्वसन्ध्यामा सम्पादकसँग अन्तक्रिया गर्दै ओलीले महाधिवेशनमा गुटगत गतिविधिहरु स्वीकार गर्न नसकिने बताए ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

उनले १०औं महाधिवेशनबाट एमालेभित्र गुटगत गतिविधिको अन्त्य गर्ने बताए । उनले नेताहरुले आफ्नो व्यवस्थापन आफै गर्नुपर्ने बताए । महाधिवेशनमा पूर्व पक्षीम भनेर नेताहरुको व्यवस्थापन नगरिने भन्दै ओलीले नेताहरुले चुनाव जितेर नेताहरुले आफ्नो व्यवस्था आफै गर्नुपर्ने बताए ।

उनले भने, ‘नेताहरुले आफ्नो व्यवस्थापनका लागि भोट ल्याएर जित्नुपर्छ । हामी पूर्व, पश्चिम पक्षको व्यवस्थापन भनेर हेर्दैनौं । यसको पक्षबाट यति जना भनेर सचिवालय, स्थायी कमिटी पनि बन्दैन । हामी एउटा पार्टी, एउटा पक्षका रुपमा अन्तरघुलित भएर अघि बढ्छौं।’

यस्तै अध्यक्ष ओलीले नेतृत्वमा सहमतिका लागि आग्रह नगर्ने बताए । उनले मिलेर जानु राम्रो भएको तर आफू सहमतिका लागि आग्रह नगर्ने बताए ।

प्रतिक्रिया