लेखकले हराउन सकेनन्, देउवाका भाइलाई
मेरोन्यूज
२०७८ मंसिर ७ गते १६:३८

काठमाडौं । नेपाली कांग्रेस कञ्चनपुरका स्थपित नेता रमेश लेखक कांग्रेस संस्थापन पक्षका नेता हुन् ।
संस्थापन पक्षकै भए पनि उनी आफ्नै पक्षका केही नेताहरुलाई हराउन निकै कस्सिएर लागे । ती मध्येका एक हुन्– कांग्रेस सभापति शेरबहादुर देउवाका भाइ लोकबहादुर देउवा । तर लेखकको मेहनत भने काम लागेन । नतिजा उल्टो निस्कियो ।
लोकबहादुर कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवार थिए । उनले अप्रत्याशित मत पाए ।
कञ्चनपुरबाट लोकबहादुर देउवा महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । उनी प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका सहोदर भाइ हुन् ।
निर्वाचन क्षेत्र नम्बर २ बाट खुलातर्फ महाधिवेशन प्रतिनिधिका उम्मेदवार बनेका देउवाले ३ सय ४ मत पाए । लोकबहादुर प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाका बुवा हुन् । उनी एनपी साउद निकट मानिन्छन् ।
सम्बन्धित


















यस्तो छ आज तरकारीको थोक मूल्य
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
काठमाडौँ प्रहरीको सक्रियता, एक महिनामा एक हजार १६६ मुद्दा दर्ता
पहाड र हिमालमा बादल, तराईको मौसम सफा
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
इरानको समुद्री क्षेत्रमा नाकाबन्दी लागू भएको घोषणा गर्दै ट्रम्पले दिए कडा चेतावनी
चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
सम्पत्तिबारे गृहमन्त्रीकाे जवाफ : गरिब जन्मिनु गल्ती होइन, गरिब नै भएर मर्नुचाहिँ गल्ती
अस्ट्रेलियाली सेनामा पहिलो महिला प्रमुख
प्रतिक्रिया