देउवामा प्रेस सल्लाहकार परियार कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचित

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहकार गोविन्द परियार नेपाली कांग्रेसको १४ औ महाधिवेशनका लागि काठमाडौं क्षेत्र नम्वर ६ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।
मंगलबार भएको अधिवेशनबाट परियार सर्वसम्मत रुपमा महाधिवेशन प्रतिनिधि निर्वाचित भएका हुन् ।
लामो समय पत्रकारिता गरेको परियार यसअघि देउवा प्रधानमन्त्री हुदा पनि प्रेस सल्लाहकारको रुपमा काम गरेका थिए । अहिले पनि प्रेसको जिम्मेवारी उनले नै सम्हालेका छन् । तनहुँ स्थाीय घर भएपनि पछिल्लो १० बर्षदेखि पार्टी राजनीतिमा उनी काठमाडौं क्षेत्र नम्वर ६ मा केन्द्रित थिए ।
समाजशास्त्रमा स्नातकोत्तर परियारले अमेरिकाको ओहायो विश्वविद्यालयबाट पत्रकारिता अध्ययन गरेका छन् । पछिल्लो समय उनी चुनावी अभियानको रणनीतिकारका रुपमा पनि सक्रिय थिए । सात वटै प्रदेशमा भोटर्स क्लव गठन गरेर अभियानको रणनीतिको विषयमा काम गर्दै आएका थिए ।
परियारले सन् २०१३ मा थम्सन फाउण्डेशन बेलायतबाट खोज पत्रकारितको पुरस्कारसमेत जितेका थिए । समय साप्ताहिक, राजधानी दैनिक, नागरिक दैनिक र अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिकमा आबद्ध रहि लामो समय पत्रकारिता गरेका परियार पछिल्लो समय काठमाडौं प्रेस अनलाइनको प्रबन्ध सम्पादकमा क्रियाशिल थिए ।









पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
नागरिकलाई अधिकार दिँदा सरकार कमजोर हुँदैन : अर्थमन्त्री खनाल
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
एनपिएलकाे अन्तिम खेल शनिबार: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
झापाबाट महामन्त्री विश्वप्रकाशसहित ६६ जनाको नाम सिफारिस
प्रतिक्रिया