पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ

कास्की। भौतिक पूर्वाधार यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङले आज पोखरा रङ्गशालाको निरीक्षण गरेका छन् । उनले रङ्गशालाभित्रको अन्तरराष्ट्रिय फुटबल मैदानको समेत निरीक्षण गरे । मन्त्री घिसिङलाई जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष मिलन गुरूङसहित विभिन्न खेलकुद संस्था एवं प्रदेश खेलकुद परिषद्का सदस्यहरुले रङ्गशालमा स्वागत गरेका थिए ।
उनले फुटबल मैदानमा फ्लड लाइट (रात्रिकालीन बत्ती) र स्कोरबोर्ड राख्न सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले तत्काल प्रक्रिया सुरु गरेर यसै वर्ष फ्लडलाइट जडान गर्ने जानकारी दिए । “पोखरा स्पोर्टस् कम्प्लेक्स असाध्यै राम्रो रहेछ । म पहिलो पटक यहाँ आउँदा खुसी लाग्यो । फुटबल मैदानमा फ्लडलाइट जडान गर्नुपर्ने माग जायज छ ।
यसका लागि अर्थ मन्त्रालयसँग समन्वय गरेर यसै वर्ष काम अघि बढाउँछौँ । साथै भौतिक मन्त्रालयबाट जति सक्दो छिटो बजेट व्यवस्था गरेर निर्माण सम्पन्न गर्न पहल हुनेछ”, मन्त्री घिसिङले भने । पोखरा फुटबल रङ्गशालामा फ्लडलाइट नहुँदा यहाँ अन्तरराष्ट्रियस्तरका फुटबल खेल हुन सकेका छैनन् । यसैगरी रात्रिकालीन खेलकुद भएको छैन ।
जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख डिबी नेपालीले मन्त्री घिसिङलाई पोखरा रङ्गशालाबारे जानकारी गराएका थिए । मन्त्री घिसिङले क्रिकेट मैदान, बहुउद्देश्शीय कभर्ड हल लगायतका खेल पूर्वाधारको अवलोकन गरेका थिए ।









पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
नागरिकलाई अधिकार दिँदा सरकार कमजोर हुँदैन : अर्थमन्त्री खनाल
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
एनपिएलकाे अन्तिम खेल शनिबार: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
झापाबाट महामन्त्री विश्वप्रकाशसहित ६६ जनाको नाम सिफारिस
साथीहरूकाे सहयाेगले केन्द्रीय सदस्य बन्छु : मेनका पछाई (अन्तर्वार्ता)
प्रतिक्रिया