कांग्रेस महाधिवेशनः काठमाडौं ८ बाट को को भए विजयी ?
जोशीपत्नी सपना बनिन् महाधिवेशन प्रतिनिधि

काठमाडौं । नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ८ बाट महाधिवेशन प्रतिनिधि खुला महिलातर्फ सपना राजभण्डारी जोशी विजयी भएकी छिन् ।
काठमाडौँ क्षेत्र नं. ८ बाट निर्वाचित भई उद्योग मन्त्री समेत भएका स्वर्गीय नवीन्द्रराज जोशीकी श्रीमती सपनाको राजनीतिमा यो पहिलो पाइला हो ।
क्षेत्र नम्बर ८ बाट सभापतिमा राजेश श्रेष्ठ निर्वाचित भएका छन् । सोमबार सम्पन्न अधिवेशनको मंगलबार सम्पन्न मतगणनाअनुसार श्रेष्ठले ११९ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी तेविन्द्र शाक्यले ४९ मत प्राप्त गरे ।
यस्तै, सचिवमा पुष्करराज पाण्डे र शङ्कर पुडासैनी, सहसचिवमा राज्यराज वन्त र उज्वल पनेरु विजयी भएका छन् ।
यस्तै, महाधिवेशन प्रतिनिधि खुला पुरुषतर्फ किरणकृष्ण जोशी, विजयगोपाल श्रेष्ठ, केदार मानन्धर, देवरत्न डङ्गोल, बुद्धिमान बलामी, रवीन्द्रलाल श्रेष्ठ, राजेन्द्रमान श्रेष्ठ, लक्ष्मीनारायण मानन्धर, रोमन श्रेष्ठ र धर्मरत्न पाछे विजयी भएका छन् ।
महाधिवेशन प्रतिनिधि खस आर्य पुरुषतर्फ राजुराज जोशी, मोहनबहादुर बस्नेत र गोविन्द पाण्डे, महाधिवेशन प्रतिनिधि खुला महिलातर्फ सपना राजभण्डारी जोशी, राज्यलक्ष्मी श्रेष्ठ, सरिता श्रेष्ठ र लक्ष्मी पाण्डे निर्वाचित भएका छन् ।
आदिवासी जनजाती महिलातर्फ छोरी डङ्गोल र कृष्णा अमात्य, दलित प्रतिनिधिमा महेश नेपाली निर्वाचित भएका छन् ।
यसअघि अपाङ्गता कोटामा विष्णुलाल श्रेष्ठ, खस आर्य महिला शोभा जोशी, जनजाती पुरुष सुदर्शनमान सिंह, मुस्लिम हरुण रसिद मुस्लिम, खस आर्य महिला अलिना बस्नेत र जनजाती पुरुषमा प्रचण्डदेव मानन्धर निर्विरोध निर्वाचित भइसकेका छन् ।







HoR election: 81 days to go: EC gearing up for polls
Speaker Ghimire emphasizes need for people-centered parliamentary practices
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको मूल्य
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
डडेलधुराबाट देउवाको नाम एकल सिफारिस
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
प्रतिक्रिया