सोमबार, मंसिर २९, २०८२

टाटासुमोले ठक्कर दिँदा एकको मृत्यु, सात घाइते

मेरोन्यूज २०७८ मंसिर ७ गते २१:३६

काठमाडौं । रसुवामा टाटासुमोले पैदलयात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
जिल्लाको गोसाईंकुण्ड गाउँपालिका–६ ठाडेबाट धुन्चेतर्फ आइरहेको ना१ज ६१७६ नम्बरको टाटासुमोले धुन्चेबाट ठाडेतर्फ गइरहेका पैदलयात्रीलाई ठक्कर दिएको थियो ।
टाटासुमोको ठक्करबाट ठाडेकी ४ वर्षीया बालिका नैनी घलेको मृत्यु भएको छ । पैदलयात्रीलाई ठक्कर दिएर सुमो पल्टिएको थियो । उक्त दुर्घटनामा चालकसहित सात जना घाइते भएका छन् ।
उनकी फुपू वर्ष ३० की ऊर्जा घले र दाइ वर्ष ८ का करन घले घाइते भएका छन् । धुन्चेबाट ठाडेतर्फ जाँदै गरेका तीन जनालाई टाटासुमोले ठक्कर दिएको थियो ।
पैदलयात्रीलाई ठक्कर दिएको सुमो सडकबाट करिब ५० मिटर तल भीरमा खसेको प्रहरीले जनाएको छ । सुमोमा सवार चालकसहित चार जना पनि घाइते भएका छन् ।

प्रतिक्रिया