कांग्रेस महाधिवेशन : महामन्त्री खड्का विजयी
मेरोन्यूज
२०७८ मंसिर ८ गते ११:०८

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का महाधिवेशन प्रतिनिधिमा विजयी भएका छन् । कूल खसेको ८७४ मध्ये उनले ७३६ मत प्राप्त गरे ।
कांग्रेस पदाधिकारी तथा केन्द्रीय सदस्य मनोनित भएर जाने व्यवस्था विधानतः भए पनि कार्यकर्ताबाटै अनुमोदित भएर जाने इच्छा व्यक्त गर्दै महामन्त्री खड्काले सुर्खेत क्षेत्र नं १ बाट खुला पुरुषतर्फ महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका थिए । त्यस्तै उक्त क्षेत्रबाट सभापतिमा झकबहादुर डाँगीको प्यानल विजयी भएको निर्वाचन अधिकृत नारायण कँडेलले जानकारी दिए ।
डाँगीले ७१९ मत प्राप्त गरे । उनका निकटतम् प्रतिद्वन्द्वी बलबहादुर वलीले १०३ मत प्राप्त गरे । त्यस्तै सचिवमा मोहन राना ७२० र पदमबहादुर खत्री ७१७ तथा सहसचिवमा प्रेमसिंह ठकुरी ६८४ र यामलाल पंगाली ६८७ मत प्राप्त गरी विजयी भएका छन् ।
सम्बन्धित
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
प्रतिक्रिया