‘साइबर सेना’लाई एमालेले ‘साइबर सर्कल बनायो
सञ्चारमा बाह्य लगानी भित्र्याएर डरलाग्दो अवस्था पु¥याउन लागेको ओलीको आरोप

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पार्टी विभाजनबेला सामाजिक सञ्जालबाट आक्रमण गर्न भन्दै बनाएको ‘साइबर सेना’को नाम परिवर्तन गरी ‘साइबर सर्कल बनाएको छ ।
एमाले युवा नेता महेश बस्नेतको प्रस्ताव अनुसार ‘साइबर सेना’ को नाम परिवर्तन गरेर ‘साइबर सर्कल’ बनाइएको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीले नै बुधबार नयाँ नामको घोषणा गरेका छन् ।
ओलीले सञ्चार क्षेत्रमा बाह्य लगानी भित्र्याएर मुलुकलाई डरलाग्दो अवस्था पु¥याउने प्रयास भइरहेको भन्दै त्यसलाई रोक्न साइबर सर्कललाई आग्रह गरे ।
बुधबार काठमाडौंमा पार्टी निकट युवा संगठन राष्ट्रिय युवा संघ, नेपालले गठन गरेको साइबर सर्कल घोषणा कार्यक्रममा बोल्दै एमाले अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग होशियार रहन नेपाली काँग्रेसलाई आग्रह गरे ।
प्रचण्डले काँग्रेसलाई बिगार्न हात समातेको ओलीले दावी गरे । आफूहरुलाई बिगार्ने प्रयास असफल भएपछि प्रचण्ड काँग्रेसको पछि लागेको ओलीको भनाइ थियो ।
अध्यक्ष ओलीले काँग्रेसको पुच्छर बनेको प्रचण्ड र माधव नेपालबाट देश बन्ला भन्ने कल्पना नगर्न समेत पटकपटक आग्रह गरे ।
अध्यक्ष ओलीले सर्वोच्च अदालतमा भईरहेका गतिविधिको मुख्य दोषी पनि सत्तारुढ गठबन्धन भएको आरोप लगाए ।
















रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
नेपाललाई युएईले दियो १२९ रनको लक्ष्य
योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानजस्ता निकाय खारेज हाेइन, सुधार गर्छाैं: प्रधानमन्त्री
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
प्रतिक्रिया