बिहीबार, मंसिर २५, २०८२

नेपाल बारले सर्वोच्चदेखि बालुवाटारसम्म मार्चपास गर्ने

मेरोन्यूज २०७८ मंसिर ९ गते ९:४५

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आएको नेपाल बार एशोसिएसनले बिहीबार मार्चपास गर्ने भएको छ । नेपाल बारले सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्ने भएको हो ।

बिहीबार दिउँसो २ बजे सर्वोच्च अदालतदेखि बालुवाटारसम्म गर्न लागिएको मार्चपासमा नागरिक समाजका सदस्यहरू, विभिन्न पेसाकर्मी सहभागी हुने भएको छ ।

जनताको तर्फबाट प्रधानन्यायाधीशको राजीनामा माग्दै सर्वोच्चदेखि बालुवाटारसम्म मार्च गर्ने प्रस्ताव आइरहेको बारले जनाएको छ ।

प्रतिक्रिया