भुपेन्द्र बडुवालको हत्या आरोपीले बोक्ने दुई पेस्तोल बरामद

कैलाली । कैलालीको लम्कीचुहा नगरपालिका १ का २३ वर्षीय भूपेन्द्र बडुवालको हत्या प्रकरणका मुख्य योजनाकार नवीन रावलले प्रयोग गर्ने दुई पेस्तोल प्रहरीले बरामद गरेको छ । प्रहरीले टीकापुरस्थित सिद्धार्थ होटेलबाट रावल समूहले प्रयोग गर्ने दुई पेस्तोल बरामद गरेको हो ।
पेस्तोल होटेलको कोठाभित्रको शौचालयमा लुकाएको अवस्थामा प्रहरीले बरामद गरेको हो । बडुवाल हत्याका मुख्य योजनाकार रावल भने अझैं फरार छन् ।
यस्तै रावल समूहले हत्याको समयमा प्रयोग गरेका दुई मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ । प्रहरीले बर्दियास्थित रोयल एडभेन्चर रिसोर्टबाट घटनाको समयमा प्रयोग भएका दुई मोटरसाइकल बरामद गरेको हो ।
प्रहरीले सो रिसोर्टका सञ्चालक अतिश थापालाई पनि पक्राउ गरेको छ । भूपेन्द्र हत्या अनुसन्धानमा सीआईबी, प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालय कैलालीको टोली सक्रिय छ ।
हत्यामा संलग्न आरोपमा १६ जनाविरुद्ध किटानी जाहेरी परेको छ । उनीहरूमध्ये १० जना पक्राउ परिसकेका छन् ।















चिकित्सकलाई सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न निर्देशन
संयुक्त राष्ट्र सङ्घद्वारा होर्मुज जलक्षेत्र पुनः खोल्ने इरानीे घोषणाको स्वागत
गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन
पूर्णबहादुर खड्काले बोलाए निवर्तमान पदाधिकारी र केन्द्रीय सदस्यसहितको बैठक
भारतमा मिनी बस दुर्घटना हुदाँ दश जनाको मृत्यु
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
इरानमा पक्राउ परेका अमृत झा रिहा
यस्तो छ आज तरकारीको थोक मूल्य
नेपाली दूतावासबाट ५० करोड राजस्व संकलन
प्रतिक्रिया