देशभर चिसो बढ्यो, सतर्कता अपनाउन अनुरोध
मेरोन्यूज
२०७८ मंसिर १० गते ७:३८

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले देशभर चिसो बढेको जनाएको छ । महाशाखाले काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न क्षेत्रमा बिहान र साँझ चिसो बढेको जनाउँदै सर्तक रहन आग्रह गरेको हो ।
‘देशभर चिसो बढ्ने क्रममा समेत रहने देखिएकाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ,’ महाशाखाले भनेको छ । महाशाखाका अनुसार शुक्रबार काठमाडौंमा न्यूनतम तापक्रम ८.२ डिग्री सेल्सियसमा झरेको छ, अधिकतम तापक्रम २० रहने अनुमान गरिएको छ ।
यस्तै, देशका विभिन्न भागमा समेत तापक्रम अत्याधिक मात्रामा घटेको महाशाखाले जनाएको छ । शुक्रबार प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
सम्बन्धित
















क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
अमेरिका–इरानबीच ठूलो कूटनीतिक प्रगति, युद्ध अन्त्यको सङ्केत
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
प्रतिक्रिया