बिहीबार, वैशाख ३, २०८३

प्रधानमन्त्रीले बार पदाधिकारीसँग छलफल गर्ने

मेरोन्यूज २०७८ मंसिर १० गते ७:५५

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देवाउ र नेपाल बार एसोसिएसनका पदाधिकारीबीच छलफल हुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवाले आज बिहान साढे १० बजे बारका पदाधिकारीसँग छलफल गर्ने भएको हो ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

देउवाले नेपाल बार र सर्वोच्च अदातल बार एसोसिएसनका पदाधिकारीलाई छलफलका लागि बालुवाटार बोलाएसँगै छलफल हुन लागेको हो ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आएका आन्दोलनरत बारले बिहीबार सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्च पास गरी शान्तिपूर्ण आन्दोलन गरेका थिए ।

प्रतिक्रिया