स्वालम्बन लघुवित्तका कर्मचारीहरु ११० दिनदेखि आन्दोलनमा

काठमाडौं । नेपालको लघुवित्त क्षेत्रको अग्रणी संस्था स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडका कर्मचारीहरु विभिन्न मागहरु राख्दै ११० दिनदेखि आन्दोलनमा छन्।
टे«ड युनियन ऐन, २०४९ तथा टेड युनियन नियमावली, २०५० अनुसार दर्ता भएको र स्वालम्बन लघुवित्त वित्तीय संस्थामा भएको आधिकारिक ट्रेड युनियनको निर्वाचनवाट निर्वाचित प्रतिष्ठानस्तरको ट्रेड युनियन स्वावलम्बन बैंक कर्मचारी संगठनसँग २०७७ माघ २८ गते भएको सहमति तथा विगतका सहमतिहरु कार्यान्वयन नगरेको भन्दै कर्मचारीहरु २०७८ साउन २५ देखि आन्दोलनमा रहेका छन्।
यसरी आन्दोलनमा सहभागी भएको भन्दै सात जना कर्मचारीलाई बर्खास्त गरेकोप्रति स्वालम्बन बैंक कर्मचारी संगठनले आपत्ति जनाएको छ। २०५८ सालमा स्थापना भएको यस संस्थामा ६१ जिल्ला र ९ वटा ईलाका कार्यालय गरी १४५ शाखा तथा उपशाखाहरुमा ७२४ जना कर्मचारीहरु रहेका छन्।
संस्थाको व्यवस्थापनले श्रम सम्बन्धि कानुनद्वारा प्रदत अधिकारको प्रयोग गर्नमा बन्देज लगाएको, ट्रेड युनियनको सञ्चालन र त्यसको प्रशासनिक कार्यमा हस्तक्षेप गरेको, विगतमा नियामक निकायको मध्यस्थतामा भएका सहमतिहरु समेत दशकौ देखि कार्यान्वयन नगरेको, पाँचौ तहका कार्यालय प्रमुखलाई कायम मुकायमको जिम्मेवारी नदिने गरेको, अतिरिक्त समय काम गरे वापत अतिरिक्त भत्ताको व्यवस्था नगरेको, दैनिक ज्यालादारी कर्मचारीहरुलाई नेपाल सरकारले तोकेको न्यूनतम ज्याला तथा श्रम ऐनले व्यवस्था गरेका न्यूनतम सेवा सुविधासमेत उपलब्ध नगराएको, कोभिड-१९ वाट संक्रमित भएका २५० जना कर्मचारीहरुलाई उपचार गर्दा लागेको खर्च लामो समयदेखि विमा कम्पनीबाट भुक्तानी नआएको बहानामा संस्थाको तर्फवाट कुनै सुविधा दिने व्यवस्था नगरेको, व्यवस्थापकीय, सहायक तथा सहयोगी श्रेणीका कर्मचारीहरुको तलब, ग्रेड तथा भत्ता वृद्धि/समायोजन गर्दा पटक पटक भेदभाव भएको भन्दै कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन्।
यस संगठनले साउन २५ गतेदेखि शान्तिपूर्ण आन्दोलन सुरु गरेको हो। यस विषयमा नेपाल राष्ट्र बैंकलाईसमेत समस्या समाधानका लागि पहल गरिदिन आग्रह गर्दासमेत कुनै पहल नभएको भन्दै संगठनले आपत्ति जनाएको छ।
संगठनले शान्तिपूर्ण आन्दोलनलाई कमजोरीका रुपमा लिएर फाइदा उठाउन खोजेको भन्दै सातजनालाई बर्खास्तको गर्ने निर्णय फिर्ता गर्न र बाँकी समस्याहरु वार्तामार्फत समाधान गर्न तयार नभए थप कडा आन्दोलनहरु गर्ने चेतावनी संगठनले दिएको छ।









नेप्से परिसूचकमा सामान्य अंकको गिरावट
जेनजीसँगको सम्झौता मन्त्रिपरिषदबाट अनुमोदन
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
वेवारिसे अवस्थामा मोरङबाट ९२१ किलो ६६ ग्राम गाँजा बरामद
सुदूरपश्चिमका यी अखिलका पूर्वनेता केन्द्रीय सदस्यमा ‘डेब्यु’ गर्ने तयारीमा
समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता
एमाले महाधिवेशनको तयारी तीव्र
एनपिएल : पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर आमनेसामने
फाइनलमा पुग्न विराटनगरलाई १५६ रनको लक्ष्य
प्रतिक्रिया