बिहीबार, मंसिर २५, २०८२

हृदयघातबाट मनकामनाका पुजारीको मृत्यु

मेरोन्यूज २०७८ मंसिर १० गते ११:३६

काठमाडौँ । गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिरमा पर्व पूजाका लागि गुठी संस्थानबाट खटिएका एक गुर्जु (पुजारी)को हृदयघाटबाट मृत्यु भएको छ ।

हरेक वर्षमा दुईपटक मनकामना मन्दिरमा लाग्ने पर्व पूजाका लागि आएका काठमाडौँ महानगरपालिका–४ बल्खुका रत्नराज बज्राचार्यको हृदयघातबाट गए राति निधन भएको मनकामनाका स्थानीयवासी दिनेश जोसीले जानकारी दिए ।

उनी मनकामनाको एक होटलमा बास बसेका थिए । बज्राचार्यको राति १० बजे स्वास्थ्यमा समस्या आएको र केही क्षणमा नै मृत्यु भएको हो ।

घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली अनुसन्धानका लागि मनकामना पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए ।

प्रतिक्रिया