एमाले मञ्चमा महन्थको देउवालाई आग्रह : ओलीले जस्तै गुन लगाउनुस्

चितवन । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले एमाले महाधिवेशनको मञ्च प्रयोग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई आफूहरूले राखेको माग सम्बोधन गरिदिन आग्रह गरेका छन् ।
मधेस आन्दोलनका क्रममा झुटा मुद्दामा फसाइएका मधेसीहरूको रिहाईका लागि आफूहरूले राखेको मागमा एमाले अध्यक्ष केपी ओली सरकारमा रहँदा केही रिहाईको काम भए पनि अझै पनि कतिपय माग पूरा नभएको भन्दै उनले प्रधानमनत्री देउवासँग मागको सम्बोधन गरिदिन आग्रह गरे ।
मधेस आन्दोलनसँग जोडिएका माग पूरा गराउन अधिकतम प्रयास गरेकोमा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई उनले धन्यवाद पनि दिए । ओलीले गुन लगाएको भन्दै उनले अब गुन लगाउने पालो प्रधानमन्त्री देउवाको भएको बताए ।
ठाकुरले भने, ‘ओली जीको पालोमा हाम्रा केही साथीहरू रिहा हुनु भयो, हाम्रो माग पूरा गर्न गरेको प्रयासका लागि धन्यवाद, अब देउवा जी प्रधानमन्त्री हुनु भएको छ, बाँकी माग पूरा गराउन म देउवा जीलाई आग्रह गर्न चाहन्छु ।’


















सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
प्रधानमन्त्री कप क्रिकेटको उपाधि त्रिभुवन आर्मी क्लबलाई
रातो मच्छिन्द्रनाथको रथारोहण भोलि
पोखरामा शनिबारदेखि राष्ट्रिय जुनियर टेनिस सुरु हुँदै
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
टर्कीमा विद्यार्थीले अन्धाधुन्ध गोली चलाउँदा १६ घाइते
‘भेहिकल फ्री असन’ वैशाख ५ गतेदेखि सुरु हुने
प्रतिक्रिया