मुलुकमा थिति बसाल्ने कुरामा एमालेले साथ दिनुपर्छ : प्रधानमन्त्री

चितवन । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले संविधानले सुनिश्चित गरेको विधि र थिती बसाल्नका लागि एमालेले साथ दिनुपर्ने वताएका छन् ।
एमालेको १० औं महाधिवेशन उदघाटन समारोहलाई सम्वोधन गर्न चितवनको नारायणी नदी किनारमा पुगेका प्रधानमन्त्री देउवाले राष्टिय मुद्दामा सवै राजनीतिक दलहरुले सहकार्य गरेरै साझा धारणा बनाउनु पर्ने भन्दै प्रधानमन्त्रीले आफना नीजि विमतिलाई संविधानमा भएका विधीवाट टुग्गो लगाउनु पर्ने बताएका हुन् ।
संविधानको विधी अनुसार टुग्गो लगाएको विधिलाई सवैले स्वीकार गर्नुपर्नेमा पनि प्रधानमन्त्रीले जोड दिए । उनले त्यसमा कांग्रेस प्रतिवद्द रहेको पनि वताए ।
लोकतान्त्रिक संसदीय शासनको पद्दती अनुसार महाधिवेशन गर्न लागेकोमा प्रधानमन्त्रीले एमालेलाई र त्यसका अध्यक्ष केपी ओलीलाई बधाई पनि दिए ।
‘लोकतान्त्रिक आन्दोलनका अनेक उतारचढाव पारगदै हामी संघीय लोकतान्त्रिक गणतन्त्र सम्म आईपुग्न सफल भएका छौ । संविधानलाई अव सस्थागत गर्ने काम पनि हामी सवै राजनीतिक दलको पनि हो,’ प्रधानमन्त्री देउवाले भने ।
संविधानको सस्थागत गर्ने अभियानमा जिम्मेवार भएर भुमिका निर्वाह गर्न एमालेलाई प्रधानमन्त्रीले आग्रह गरे ।
देउवाले भने,-‘देश र जनतासँग जोडिएका मुल मुद्दामा समान धारणा बनाउन निरन्तर सम्वाद र सहकार्य आवश्यक छ । हामीले आफना नीजि विमतिलाई संविधानमा भएको विधीवाट टुग्गो लगाउने र त्यसलाई सवैले स्वीकार गर्ने विधि बसाल्नुपर्छ । काग्रेस पार्टी यही मूल्य मान्यताप्रति प्रतिवद्ध छ ।’
देउवाले सम्वादकै माध्यमवाट सवै समस्याको समाधान गर्न सकिने भन्दै त्यसका लागि कांग्रेस तयार रहेको पनि बताए ।
ओली र म जेलका साथी
प्रधानमन्त्री देउवाले आफु र ओली जेलका पनि साथी रहेको वताए । ‘ओली सँगै हामी जेलका साथी हौं, यी सवै कुरा हामीले भोगेको हो । आजको दिन ल्याउनका लागि हामीले सँग सँगै लडेका छौं । भोलिको दिनका लागि पनि यही कुरामा प्रतिवद्ध हुनुपर्छ । मुलुकको विधि र थिती बसाल्ने कुरामा एमालेले साथ दिनुपर्छ ।’ प्रधानमन्त्रीले भने ।
अहिले नागरिकको जीवन रक्षाका लागि सवै जुट्नु पर्ने भन्दै प्रधानमन्त्रीले संसदभित्र र संसदवाहिर रहेका सवै राजनीतिक शक्तिलाई साझा मुद्दामा साझा धारणा बनाएर जानुपर्ने बताए ।
‘सवैको सहयोग वाट, संसदभित्र र वाहिरका दलालाई पनि सहकार्य गरेर साझा धारणा बनाएर जानेमा म प्रतिवद्ध छु ।’ प्रधानमन्त्रीले भने ।


















माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
मातातीर्थमा मातृभक्तको भीड
लेबनान र इजरायलबिच १० दिने युद्धविराम
आज केही स्थानमा वर्षा र हिमपात, तराईमा गर्मी
बिस्केट जात्राको इतिहासमै पहिलोपटक महिलाले ताने नकिजु अजिमा (भद्रकाली)को रथ
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
राष्ट्रियसभाका अध्यक्ष दाहाल टर्की प्रस्थान
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
नयाँ वर्षको शुभकामना दिँदै प्रधानमन्त्री बालेनले भने- सदैव शुभ होस्, दुःखको हरण होस्
अमेरिका–इरान वार्तामा गति, पाकिस्तानको नयाँ प्रस्ताव
प्रतिक्रिया