शुक्रबार, वैशाख ४, २०८३

नवलपरासी कांग्रेसको जिल्ला अधिवेशन स्थगित

मेरोन्यूज २०७८ मंसिर ११ गते १२:०८

काठमाडौँ । नेपाली कांग्रेसको जिल्ला अधिवेशन सरेको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) जिल्लाको नेपाली कांग्रेसले महाधिवेशनका लागि तयारी पूरा नभएको भन्दै यही मंसिर १९ गतेका लागि जिल्ला अधिवेशन सारेको हो ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

मंसिर १० र ११ गते हुने भनिएको जिल्ला अधिवेशनका लागि आवश्यक तयारी अझै बाँकी रहेको भन्दै मंसिर १९ र २० गते महाधिवेशन गर्नेगरी सारिएको सहायक जिल्ला निर्वाचन अधिकृत चूडामणि शर्मा कँडेलले जानकारी दिए । कँडेलका अनुसार नयाँ घोषणा गरिएको कार्य तालिका अनुसार उम्मेदवारको मनोनयन मंसिर १९ गते तथा २० गते मतदान गर्ने गरी जिल्ला अधिवेशनको प्रक्रिया अगाडि बढाइने छ ।

जिल्लाको क्षेत्र नं. २ को मत गणनाका क्रममा क्षेत्रीय सभापतिका दुवै प्रत्यासीले प्राप्त गरेको मत संख्या बराबरी भएको र पुनः मतगणना हुन नसकेपछि जिल्ला महाधिवेशन सरेको हो । नेपाली कांग्रेस नवलपुर क्षेत्र नं २ का क्षेत्रीय सभापतिका उम्मेदवार सूर्य गुरुङ र जगत कार्कीले समान ३९४ मत प्राप्त गरेका थिए । दुवै उम्मेदवारको सहमतिमा पुनः मतगणना गरेर क्षेत्रीय सभापतिको टुंगो लगाउने निर्णय भएका कारण जिल्ला अधिवेशन प्रभावित भएको कँडेलले बताए ।

कांग्रेस क्षेत्र नं २ को मत पेटिका जिल्ला प्रहरी कार्यालय कावासोतीमा राखिएको छ । क्षेत्रीय सभापतिका प्रत्यासी दुवै जनाको पुनः मतगणना आज ११ गते नेपाली कांग्रेस नवलपुरको कार्यालयमा गर्ने सहमति भएको भएको छ ।

प्रतिक्रिया